३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

मतपेटिका बोकेको गाडी लक्षित बम विस्फोट

प्रताप विष्ट

हेटौडा — मतदान सकेर मतपेटिका जिल्ला सदरमुकाम हेटौंडा ल्याउने क्रममा २ स्थानमा अज्ञात समूहले बम विस्फोट गराएका छन् ।
बम विस्फोटबाट स्कटिङमा गरिरहेको प्रहरीको गाडीमा क्षति पुगेको छ । तर मानवीय क्षति पनि भएको छैन । मतपेटिका पनि सुरक्षित रहेको छ ।

मतपेटिका बोकेको गाडी लक्षित बम विस्फोट

मतदान सकेर मतपेटिका जिल्ला सदरमुकाम हेटौंडा ल्याउने क्रममा २ स्थानमा अज्ञात समूहले बम विस्फोट गराएका छन् ।

बम विस्फोटबाट स्कटिङमा गरिरहेको प्रहरीको गाडीमा क्षति पुगेको छ । तर मानवीय क्षति पनि भएको छैन । मतपेटिका पनि सुरक्षित रहेको छ ।

मनहरी गाउँपालिका—२ त्रिरत्न प्राविको मतदान केन्द्रको मतपेटिका सदरमुकामतर्फ ल्याउने क्रममा ठाडो खोलामा बम विस्फोट गराएका थिए । विस्फोटबाट प्रहरीको भ्यानमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक दिलीपराज झाले बताए ।

यसैगरी मनहरी गाउँपालिका १ स्थित चकरीमकरीको मतदान केन्द्रवाट मतपेटिका ल्याउने क्रममा गोठ खोलामा प्रेसर कुकर बम विस्फोट गराइएको थियो ।

विस्फोटबाट मतपेटिकाको स्कटिङ गरिरहेको प्रहरीको भ्यानलाई सामान्य क्षति पुर्‍याएको थियो । मतपेटिका र मतदानमा खटिएका कर्मचारी र प्रहरी सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर २१, २०७४ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?