प्रारम्भिक नतिजाअनुसार वाम गठबन्धन अगाडि

कान्तिपुर संवाददाता

काठमाडौं — प्रतिनिधिसभा र प्रदेशसभाको मतगणनाको प्रारम्भिक नतिजाअनुसार वाम गठबन्धन अगाडि देखिएको छ । गठबन्धनले प्रतिनिधिसभातर्फ २२ र प्रदेशसभातर्फ २३ क्षेत्रमा अग्रता लिइरहेको छ । कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन प्रतिनिधिसभा ३ र प्रदेशसभातर्फ ४ स्थानमा अगाडि देखिएको छ । दुवै सभामा अन्य दलले १/एक क्षेत्रमा अग्रता लिएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको मतगणनाको प्रारम्भिक नतिजाअनुसार वाम गठबन्धन अगाडि देखिएको छ ।
गठबन्धनले प्रतिनिधिसभातर्फ २२ र प्रदेशसभातर्फ २३ क्षेत्रमा अग्रता लिइरहेको छ । कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन प्रतिनिधिसभा ३ र प्रदेशसभातर्फ ४ स्थानमा अगाडि देखिएको छ । दुवै सभामा अन्य दलले १/एक क्षेत्रमा अग्रता लिएका छन् ।

पहिलो चरणमा मंसिर १० गते भएको ३२ जिल्लाका प्रतिनिधि र प्रदेशसभाअन्तर्गतका धेरै निर्वाचन क्षेत्रहरुको मतगणना भइरहेको छ । बिहीबार दोस्रो चरणमा भएको निर्वाचनको पनि मतपेटिका स‌ंकलनपछि गणना सुरु गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित : मंसिर २१, २०७४ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्

माइक्रोबस दुर्घटनामा ५ घाइते, २ गम्भीर

आश गुरुङ

लमजुङ — बेंसीसहरमा बिहीबार साँझ माइक्रोबसले नियन्त्रण गुमाएर दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । २ जनाको अवस्था गम्भीर छ ।

बेंसीसहरको मुख्य सडक पुरानोबैंक चोकमा काठमाडौंबाट यात्रु बोकेर आउँदै गरेको बस ग१ख २४७६ दुर्घटना भएको हो । प्रहरीका अनुसार साँझ ६ बजेतिर दुर्घटना हुँदा चितवन भरतपुर महानगरपालिका-१७ की ममता गुरुङ र बेसीसहर ७ की ३० वर्षीया श्रीकुमारी गुरुङ गम्भीर घाइते भएका छन् । उनीहरुको लमजुङमा उपचार हुन नसकी पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको लागि लगिएको छ । बेसीसहर ७ की २० वर्षीया दिक्षा घले, चितवनकी ३१ वर्षीया अञ्जली घले र चितवनकै १९ वर्षीय रोशन घलेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट माइक्रो तीव्र रुपमा गुडेको र नियन्त्रण गुमाएपछि दुर्घटना भएको अनुमान गरिएको प्रहरीले बताएको छ । 

प्रकाशित : मंसिर २१, २०७४ २०:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्