३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४

Nepal-election-2074

प्रतिनिधिसभा र प्रदेश 'क' मा एमाले भारी मतले विजयी

मंसिर १० मा भएको मतदानको मतगणना बिहीबार सांझ ९:२५ बजेदेखि सुरु भएको मतगणनाको अन्तिम परिणाम बमोजिम डोल्पा प्रदेश 'क' र प्रतिनिधिसभामा वाम गठबन्धनबाट एमालेका उम्मेद्वारहरु भारि मततान्तरका साथ विजय भएका छन् ।

 प्रतिनिधिसभा र प्रदेश 'क' मा एमाले भारी मतले विजयी

बाजुराको दुवै प्रदेशमा एमालेका उम्मेदवार बिजयी

प्रदेशसभा ‘क’ र ‘ख’ दुबैमा बाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवारहरु बिजयी भएका छन् । पछिल्लो मतपरिणाम अनुसार प्रदेश ‘ख’ का प्रकाश शाहले कांग्रेस उम्मेदवार पदमबहादुर शाहीलाई ३ हजार २ सय ९ मतको अग्रतामा बिजय प्राप्त गरेका हुन् । शाहले १८ हजार १ सय ८६ मत प्राप्त गरे भने कांग्रेस उम्मेदवार शाहीले १४ हजार ९ सय ७७ मत प्राप्त गरेका छन् ।

बाजुराको दुवै प्रदेशमा एमालेका उम्मेदवार बिजयी

कोइरालाको विरासतमा वाम गठबन्धनको अग्रता

प्रतिनिधि र प्रदेशसभाको सपन्न निर्वाचनको मतगणना विराटनगरस्थित आदर्श विद्यालयमा शुक्रबार बिहान १० वजेबाट भइरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलहरुको सहमतिमा पहिले प्रतिनिधिसभाको मतगणना सुरु गरेको हो । कोइरालाको विरासत मोरङको ६ वटै प्रतिनिधिसभा क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएको छ ।

कोइरालाको विरासतमा वाम गठबन्धनको अग्रता

२६ वर्षपछि दोहोरिए छक्कबहादुर

पुराना वामपन्थी नेता छक्कबहादुर लामा हुम्लाबाट २६ वर्षपछि प्रतिनिधिसभा सदस्यमा दोहोरिएका छन् । तर, उनले वाम गठबन्धनबाट नभई स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव जितेका हुन् । लामाले प्रतिद्वन्द्वी कंग्रेसका मंगलबहादुर शाहीलाई ४७ मतको अन्तरले पराजित गरेका हुन् ।

२६ वर्षपछि दोहोरिए छक्कबहादुर

डोल्पा प्रदेश क मा ८१ % मत प्राप्त गरेर एमाले विजयी

मंसिर १० मा भएको मतदानको मतगणना बिहीबार साँझ ९:२५ बजेदेखि सुरु भएको मतगणनाको अन्तिम परिणाम बमोजिम डोल्पा प्रदेश क मा वाम गठबन्धनबाट एमालेका उम्मेद्वार ८१ प्रतिशत मत प्राप्त गरेर विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यको मत परिणाम पनि केहीबेरमा आउने अनुमान गरिएको छ ।

 डोल्पा प्रदेश क मा ८१ % मत प्राप्त गरेर एमाले विजयी

बाजुरा प्रदेश ‘क’मा एमालेका रेग्मी विजयी

बाजुरा प्रदेश ‘क’मा एमालेका वलदेश रेग्मी विजयी भएका भएका छन् । उनले ९ हजार ८ सय ४० मत पाउँदा कांग्रेसका जनककुमार गिरीले ८ हजार ३ सय ११ पाए ।

मतपेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट

जिल्लाको भित्री मधेसअन्तर्गत पर्ने परशुराम नगरपालिकाका मतपेटिकालाई सदरमुकाम ल्याउने क्रममा बाटोमा बम विस्फोट भएको छ । तर कुनै क्षति भएको छैन ।

दार्चुलामा चार हजार मतान्तरले वाम अगाडि

दार्चुला पहिलो चरण मंसिर १० गते भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । प्रतिनिधिसधामा एक मात्र निर्वाचन क्षेत्र रहेको यहाँ वाम गठबन्धनका उम्मेदवार ४ हजार ८९ मतान्तरले अगाडि रहेको छ । प्रदेशसभा पनि वाम गठबन्धनका उम्मेदवारहरु अगाडि रहेका छन् ।

दार्चुलामा चार हजार मतान्तरले वाम अगाडि

रुकुम पूर्वको प्रदेशसभा 'ख'मा पनि माओवादी उम्मेदवार निर्वाचित

प्रदेशसभा सदस्यको 'ख' निर्वाचन क्षेत्रमा पनि नेकपा माओवादी केन्द्रकै पूर्णबहादुर घर्ती निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दत्तबहादुर बस्नेतलाई पराजित गरी घर्ती प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

रुकुम पूर्वको प्रदेशसभा 'ख'मा पनि माओवादी उम्मेदवार निर्वाचित

रुकुम पूर्वको 'क'मा माओवादीका ओली विजयी

प्रदेशसभा सदस्य 'क' निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम पनि सार्वजनिक भएको छ । अन्तिम मत परिणामअनुसार माओवादी केन्द्रका तेजबहादुर ओली विजयी भएका छन् ।

रुकुम पूर्वको 'क'मा माओवादीका ओली विजयी

महिला छापामारदेखि पहिलो प्रतिनिधिसभा सदस्यसम्म

तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सुरु गरेको सशस्त्र युद्धको पहिलो छापामारदेखि औपचारिक राजनीति थालेकी नेकपा माओवादी केन्द्रकी नेतृ कमला रोकाको यात्रा प्रतिनिधिसभा सदस्यसम्म पुगेको छ ।

महिला छापामारदेखि पहिलो प्रतिनिधिसभा सदस्यसम्म

गणना आजदेखि

प्रदेश ४ का ५ जिल्लामध्ये पूर्वी नवलपरासीमा सर्वाधिक ७१ प्रतिशत मतदान भएको छ । कास्कीमा ६७ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले बताए । उनका अनुसार स्थानीय तहको निर्वाचनमा भने ७५ प्रतिशत मत खसेको थियो ।

छरितो मतपत्रले सहज

विगतका निर्वाचनमा एउटै मतपत्रमा धेरै उम्मेदवार र चुनाव चिह्न समावेश हुँदा मतदाता समस्यामा पर्थे । ठूलो मतपत्रमा आफुले चाहेको चिह्न खोज्न, छाप लगाउन र पट्याउनसमेत झन्झट थियो ।

मधेसमा उत्साह

प्रदेश २ का ८ वटै जिल्लामा उल्लासमय वातावरणमा मतदान सम्पन्न भएको छ । यस प्रदेशका हरेक जिल्लामा प्रतिनिधिसभाका ४ र प्रदेशसभाका ८ गरी ९६ जनाका लागि मतदान भएको हो ।

उर्लिए मतदाता

प्रदेश १ का सात जिल्लामा बिहीबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयन गर्न भएको मतदानमा उत्साहपूर्ण सहभागिता देखिएको छ । चिसो मौसम र धान थन्क्याउने चटारोबीच ग्रामीण क्षेत्रका मतदान केन्द्रमा बिहानको समयमा मतदाताको उपस्थिति पातलो थियो ।

प्रदेशसभाले मतदातामा उत्साह

वीरेन्द्रनगर १० नयाँगाउँकी ५८ वर्षीया स्यानी थारू मतदान गरेर फर्किंदा निकै उत्साही देखिन्थिन् । मत त उनले धेरैपटक दिइन् तर यसपटक नेताहरूले छुट्टै प्रदेश सरकार बन्ने भनेका छन् । सुर्खेतमै प्रदेश सरकार बनेपछि आफूलाई हेर्लान् भन्ने आशामा उनले खुसीसाथ मतदान गरेकी हुन् ।

निर्वाचन शान्तिपूर्ण : गृह

प्रतिनिधिसभा र प्रदेशसभाको बिहीबार भएको दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण भएको छ । छिटफुट विस्फोट र झडपका घटना भए पनि निर्वाचन शान्तिपूर्ण भएको गृह मन्त्रालयले जनाएको छ । प्रहरीले सर्लाही र स्याङ्जामा भएका झडप नियन्त्रण गर्न हवाई फायर गरेको छ ।

निर्वाचन शान्तिपूर्ण : गृह

विदेशी कूटनीतिज्ञ र पर्यवेक्षक खुसी

प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष अनुगमन गरेका कूटनीतिज्ञ र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले निर्वाचन शान्त र भयरहित ढंगले सम्पन्न भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

सिन्धुपाल्चोक २ मा शेरबहादुरलाई पशुपति शमशेरको टक्कर

सिन्धुपाल्चोकको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा शेरबहादुर तामाङ थोरै मतले मात्र राप्रपा प्रजातान्त्रिकका पशुपति शमशेर जबराभन्दा अघि छन् । अघिल्लो निर्वाचनमा जबरालाई हराएका तामाङ ४९० मतले अघि छन् ।

सिन्धुपाल्चोक २ मा शेरबहादुरलाई पशुपति शमशेरको टक्कर

मुस्ताङमा एमालेको वर्चस्व, प्रदेशमा थकाली विजयी

सदरमुकाम जोमसोम रहेको प्रदेश (ख) मा एमालेका महेन्द्र थकाली विजयी भएपछि मुस्ताङमा एमालेले वर्चस्व जमाएको छ । थकालीले २५ सय ८४ मत प्राप्त गरेका छन् ।

मुस्ताङमा एमालेको वर्चस्व, प्रदेशमा थकाली विजयी

मनाङमा एमालेलाई पहिलोपटक प्रतिनिधि सभामा सफलता

मनाङबाट पहिलोपटक एमाले उम्मेदवार प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् ।पूर्व राज्यमन्त्री समेत रहेका कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङलाई २ सय ८९ मतले उछिन्दै एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङ निर्वाचित भएका हुन् ।

मनाङमा एमालेलाई पहिलोपटक प्रतिनिधि सभामा सफलता

रुकुम पूर्वमा माओवादी केन्द्रले खाता खोल्यो, प्रतिनिधि सभाका लागि रोका विजयी

रुकुम पूर्वको प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रकी कमला रोका विजयी भएकी छन् । कुल सदर मतमध्य १४ हजार ४ सय ३४ मत ल्याइ रोका विजयी बनेकी हुन् ।

रुकुम पूर्वमा माओवादी केन्द्रले खाता खोल्यो, प्रतिनिधि सभाका लागि रोका विजयी

धादिङमा मतगणना जारी, वाम गठबन्धन अगाडि

धादिङ जिल्लाका छवटै क्षेत्रमा मतगणना कार्य जारी छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा गरी छवटा क्षेत्र रहेको धादिङ जिल्लाको सबै क्षेत्रमा बागठबन्धन अगाडि रहेको छ ।

धादिङमा मतगणना जारी, वाम गठबन्धन अगाडि

मनाङ प्रदेश (क) मा कांग्रेसका चिन्तबहादुर घले निर्वाचित

कांग्रेसले हिमाली जिल्ला मनाङबाट खाता खोलेको छ । कांग्रेस उम्मेदवार चिन्तबहादुर घलेले प्रदेश सभा क बाट एमालेका धोर्जे डण्डुल गुरुङलाई १ सय २ मतअन्तरले हराएका छन् । विजयी घलेले ९ सय ९८ मत प्राप्त गरेका छन् ।

मनाङ प्रदेश (क) मा कांग्रेसका चिन्तबहादुर घले निर्वाचित