मनाङ प्रदेश (क) मा कांग्रेसका चिन्तबहादुर घले निर्वाचित

आश गुरुङ

लमजुङ — कांग्रेसले हिमाली जिल्ला मनाङबाट खाता खोलेको छ । कांग्रेस उम्मेदवार चिन्तबहादुर घलेले प्रदेश सभा क बाट एमालेका धोर्जे डण्डुल गुरुङलाई १ सय २ मतअन्तरले हराएका छन् । विजयी घलेले ९ सय ९८ मत प्राप्त गरेका छन् ।

मनाङ प्रदेश (क) मा कांग्रेसका चिन्तबहादुर घले निर्वाचित

एमालेका धोर्जे डण्डुल गुरुङले ८ सय ९६ मत पाएका छन् । औपचारिक घोषणा हुन बाँकी रहेपनि कांग्रेसका घले निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत मनाङ स्रोतले बताएको छ । मुख्य निर्वाचन अधिकृत दीपक ढकालसँग सम्पर्क हुन नसकेपनि प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले घले निर्वाचित भएको बताए ।

मनाङ (क) मा २ हजार १ सय ७९ मतदाता रहेकोमा १ हजार ९ सय १ खसेको थियो । बिहीबार साँझ सवा ५ बजेबाट मतगणना सुरु भएको थियो ।

जिल्ला अदालतमा ३ छुट्टाछुट्टै ठाउँमा मतगणना गरिएकोमा प्रतिनिधि सभा र प्रदेश सभा (ख) को मतगणना भइरहेको छ । प्रतिनिधि सभाको करिब आधाआधी मत गनिसक्दा कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ भन्दा एमालेका पोल्देन छोपाङ गुरुङ अगाडि छन् ।

प्रकाशित : मंसिर २२, २०७४ ०१:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?