दीपक मनाङे विजयी

आश गुरुङ

लमजुङ — दीपक मनाङे भनेर चिनिने स्वतन्त्र उम्मेदवार राजीव गुरुङ हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले १ हजार ४ सय १० मत पाएका छन् । प्रतिद्वन्द्वी कांग्रेसका कर्म गुरुङ ३ सय ९० मतले पराजित भएका छन् । उनले १ हजार २० मत पाएका छन् ।

औपचारिक घोषणा हुन बाँकी रहेपनि राजीव गुरुङ प्रदेश सभा सदस्यमा निर्वाचित भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए ।

मनाङ प्रदेश (ख) मा माथिल्लो मनाङको ७ गाविस मिलेर बनेको नेस्याङ गाउँपालिका साथै नार र फू गाविस मिलेर बनेको नारफू गाउँपालिका पर्छ । कूल ३ हजार ७ सय २ मतदाता रहेको मनाङ ९ख० मा २ हजार ४ सय ३६ मत खसेको थियो ।

एमाले उम्मेदवार खाण्डा लामा गुरुङले उम्मेदवारी फिर्ता लिँदै राजीव गुरुङलाई समर्थन जनाएकी थिइन् । जिल्लाबाट एमालेले राजीवलाई सर्वसम्मत सिफारिस गरेपनि उनको विरोध हुन थालेपछि एमाले केन्द्रीय कमिटीले उनको नाम हटाएर खाण्डालाई आधिकारिक उम्मेदवार बनाएको थियो । मनाङेले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

मनाङबाट प्रतिनिधि सभामा कांग्रेसका टेकबहादुर गुरुङभन्दा एमालेका पोल्देन छोपाङ गुरुङ अगाडि छन् । पोल्देनले १ हजार ६ सय १३ मत ल्याएका छन् । कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङले १ हजार १ सय ४२ मत ल्याएका छन् । उनीहरुको मतगणना भइरहेको छ ।

प्रकाशित : मंसिर २२, २०७४ ०१:५७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मनाङ प्रदेश (क) मा कांग्रेसका चिन्तबहादुर घले निर्वाचित

आश गुरुङ

लमजुङ — कांग्रेसले हिमाली जिल्ला मनाङबाट खाता खोलेको छ । कांग्रेस उम्मेदवार चिन्तबहादुर घलेले प्रदेश सभा क बाट एमालेका धोर्जे डण्डुल गुरुङलाई १ सय २ मतअन्तरले हराएका छन् । विजयी घलेले ९ सय ९८ मत प्राप्त गरेका छन् ।

एमालेका धोर्जे डण्डुल गुरुङले ८ सय ९६ मत पाएका छन् । औपचारिक घोषणा हुन बाँकी रहेपनि कांग्रेसका घले निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत मनाङ स्रोतले बताएको छ । मुख्य निर्वाचन अधिकृत दीपक ढकालसँग सम्पर्क हुन नसकेपनि प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले घले निर्वाचित भएको बताए ।

मनाङ (क) मा २ हजार १ सय ७९ मतदाता रहेकोमा १ हजार ९ सय १ खसेको थियो । बिहीबार साँझ सवा ५ बजेबाट मतगणना सुरु भएको थियो ।

जिल्ला अदालतमा ३ छुट्टाछुट्टै ठाउँमा मतगणना गरिएकोमा प्रतिनिधि सभा र प्रदेश सभा (ख) को मतगणना भइरहेको छ । प्रतिनिधि सभाको करिब आधाआधी मत गनिसक्दा कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ भन्दा एमालेका पोल्देन छोपाङ गुरुङ अगाडि छन् ।

प्रकाशित : मंसिर २२, २०७४ ०१:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT