रुकुम पूर्वमा माओवादी केन्द्रले खाता खोल्यो, प्रतिनिधि सभाका लागि रोका विजयी

हरि गौतम

काठमाडौं — रुकुम पूर्वको प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रकी कमला रोका विजयी भएकी छन् । कुल सदर मतमध्य १४ हजार ४ सय ३४ मत ल्याइ रोका विजयी बनेकी हुन् ।

रुकुम पूर्वमा माओवादी केन्द्रले खाता खोल्यो, प्रतिनिधि सभाका लागि रोका विजयी

रुकुम पूर्वको प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रकी कमला रोका विजयी भएकी छन् । कुल सदर मतमध्य १४ हजार ४ सय ३४ मत ल्याई रोका विजयी बनेकी हुन् ।

निकटतम प्रतिद्वन्दी कांग्रेसका हरिशंकर घर्तीले ४ हजार ४ सय ६ मत पाएका छन् भने तेश्रो भएका नयाँ शक्ति नेपालका जितमान पुनले १ हजार ४ सय ८९ मत ल्याएका छन् । उक्त पदका लागि ६ जनाको उम्मेदवारी परेको थियो ।

२७ हजार ९ सय २८ मतदाता रहेको जिल्लामा १८ हजार १ सय ३२ मत खसेको थियो । रुकुम पूर्वमा मंसिर १० गते निर्वाचन भएको थियो ।

प्रकाशित : मंसिर २२, २०७४ ०४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?