मुस्ताङमा एमालेको वर्चस्व, प्रदेशमा थकाली विजयी

विनोद त्रिपाठी

मुस्ताङ — सदरमुकाम जोमसोम रहेको प्रदेश (ख) मा एमालेका महेन्द्र थकाली विजयी भएपछि मुस्ताङमा एमालेले वर्चस्व जमाएको छ । थकालीले २५ सय ८४ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी छिरिङ दावा गुरुङले २२५९ मत ल्याए । ४ हजार ९ सय ३७ मत खसेको मध्ये यो प्रदेशमा राप्रपालाइ ३२ र राप्रपा प्रजातान्त्रिकलाइ १२ मत आएको छ ।

६० वर्षीय थकालीले ३ महिना अघि मात्र एमाले प्रवेश गरेर टिकट पाएका हुन् ।

Yamaha

प्रकाशित : मंसिर २२, २०७४ ०५:३५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

प्रतिनिधि सभा सदस्यमा एमालेले खाता खोल्यो, मुस्ताङबाट तुलाचन विजयी

विनोद त्रिपाठी

मुस्ताङ — मुस्ताङबाट प्रतिनिधिसभाका लागि एमालेका उम्मदेवार प्रेमप्रसाद तुलाचन निर्वाचित भएका छन् । उनले ३ हजार ५ सय ४४ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी रोमी गौचन थकालीले ३ हजार १ सय ८१ मत पाए ।

खसेको मतमा ४८ मत बदर भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विजयी तुलाचनलाई प्रमुख निर्वाचन अधिकृत बलराम त्रिपाठीले मतगणनास्थलमै प्रमाणपत्र प्रदान गरेका छन् ।

मतगणनाको पछिल्लो अपडेटको लागि ईकान्तिपुरको निर्वाचन विशेष पोर्टलमा जानुहोस् ।

प्रकाशित : मंसिर २२, २०७४ ०१:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT