सिन्धुपाल्चोक २ मा शेरबहादुरलाई पशुपति शमशेरको टक्कर

काठमाडौं — सिन्धुपाल्चोकको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा शेरबहादुर तामाङ थोरै मतले मात्र राप्रपा प्रजातान्त्रिकका पशुपति शमशेर जबराभन्दा अघि छन् । अघिल्लो निर्वाचनमा जबरालाई हराएका तामाङ ४९० मतले अघि छन् ।

सिन्धुपाल्चोक २ मा शेरबहादुरलाई पशुपति शमशेरको टक्कर

कुनै बेला यो मतान्तर साँघुरो पनि हुन्छ भने कहिले बढ्छ ।

सिन्धुपाल्चोकबाट १० औं पटक चुनाव लडेका जबरालाई यसअघि तामाङले दोस्रो संविधान सभाको निर्वाचनमा पराजित गरेका थिए ।

यसअघि भएका ९ वटा निर्वाचनमा सिन्धुपाल्चोकबाट जबरा ७ पटक विजयी भएका थिए भने दुई पटक हार व्यहोरेका छन् । उनले संविधान सभाको पहिलो र दोस्रो निर्वाचनमा हार व्यहोरेका हुन् । 

तामाङले ७ हजार ६ सय ३१ मतका साथ अग्रता लिएका छन् भने जबराको ७ हजार १ सय ४१ मत छ ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा भने पूर्व मन्त्री अग्नी सापकोटाले मन्त्री मोहनबहादुर बस्नेतलाई ४ हजार बढी मतले पछि पारेका छन् । सापकोटाले अग्रता बढाइरहेका छन् । 

सापकोटाको ९ हजार ४ सय ३४ मत छ भने बस्नेतको ५ हजार ३ सय १८ मत छ ।

 

प्रकाशित : मंसिर २२, २०७४ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?