कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दार्चुलामा चार हजार मतान्तरले वाम अगाडि

मनोज बडू

काठमाडौं — दार्चुला पहिलो चरण मंसिर १० गते भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । प्रतिनिधिसधामा एक मात्र निर्वाचन क्षेत्र रहेको यहाँ वाम गठबन्धनका उम्मेदवार ४ हजार ८९ मतान्तरले अगाडि रहेको छ । प्रदेशसभा पनि वाम गठबन्धनका उम्मेदवारहरु अगाडि रहेका छन् ।

दार्चुलामा चार हजार मतान्तरले वाम अगाडि

अहिलेसम्म प्रतिनिधिसभामा आधा मत गणना भएको छ । जसमा प्रतिनिधिसभा २७ हजार २२० मत गणना भएको छ । वाम गठबन्धनका गणेशसिंह ठगुन्ना (सूर्य) १४ हजार ८९३ र निकटम प्रतिद्वन्द्वी कांग्रेसका विक्रम धामी (रूख)ले १०८०४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै दुईटा प्रदेशसभा मत गणनाको मत परिणामअनुसार प्रदेशसभा 'क'मा ७ हजार ६४८ मत गणना भएको छ । जसमा वाम गठबन्धनका उम्मेदवार गेल्बु बोहरा (सूर्य) ४ हजार १३९ र प्रतिद्वन्द्वी कांग्रेसका मदन गिरी (रुख)ले ३ हजार १२१ मत प्राप्त गरेको छ ।

त्यसैगरी प्रदेशसभा 'ख'मा ८ हजार ४३६ गणना भएको छ । जसमा वाम गठबन्धनका मानबहादुर धामी (हसिया हथौडा)ले ४९३५ र उनका प्रतिद्वन्द्वी कांग्रेसका जगदीश पाल (रुख)ले ३ हजार ५५१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित : मंसिर २२, २०७४ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?