२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

बाबुरामको रोचक अग्रता

सुदीप कैनी

गोरखा — चर्चित क्षेत्र नम्बर २ को मतगणनामा नयाँ शक्तिका संयोजक बावुराम भट्टराईले रोचक अग्रता लिएका छन् ।

बाबुरामको रोचक अग्रता

सुरुमा कहिले प्रतिस्पर्धी नारायणकाजी श्रेष्ठ र केहिले भट्टराईबीच कडा टक्कर भएपनि पछिल्लो गणनामा उनले १५९० मतको अग्रता लिएका हुन् । भट्टराईको गढ रहेको उनको मतदान केन्द्र खोप्लाङ र श्रेष्ठ गढ मानिएको जौवारी केन्द्रको मतगणना पनि सकिएको छ । 

२२ हजार ५ सय ६८ मत गणना गर्दा भट्टराईले ११ हजार ३ सय ३९ मत ल्याएका छन् भने श्रेष्ठले ९ हजार ७ सय ४९ मत पाएका छन् । कडा सुरक्षा घेरा भित्र मतगणना चलिरहेको छ । मतगणना स्थल बाहिर दुवै नेताको शुभेच्छुक र कार्यकर्ताको बाक्लो भिड लागेको छ । मतपरिणामबाट उत्साही भट्टराई राजधानीबाट गोरखा आउने तयारी गरेको उनी निकट स्रोतले जनाएको छ ।  

श्रेष्ठ र भट्टराईले कसले जित्ने भनेर मतदाता र स्थानीयबीच नगद, राँगो र खसी बोका समेत बाजी परेको छ । ६० हजार १ सय ९ मत खसेकोमा करिब एक तिहाई मत गणना सकिएको छ । शुक्रबार साँझसम्म आधा मत गणना सकिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

क्षेत्र नम्बर १ मा वाम गठबन्धनका हरिराज अधिकारीले ६३५८ मत र कांग्रेस उमेद्वार चीनकाजी श्रेष्ठले ५४०६ मत पाएका छन् । क्षेत्र नम्बर १ को प्रदेश क र ख मा वाम गठबन्धनकै उम्मेदवारको अग्रता छ । दुईमा लोकतान्त्रिक गठबन्धन कांग्रेस नयाँ शक्तिका उम्मेदवारको अग्रता छ । 

प्रकाशित : मंसिर २२, २०७४ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?