प्रतिनिधिसभा र प्रदेश 'क' मा एमाले भारी मतले विजयी

विष्णुलाल बुढा

दुनै — मंसिर १० मा भएको मतदानको मतगणना बिहीबार सांझ ९:२५ बजेदेखि सुरु भएको मतगणनाको अन्तिम परिणाम बमोजिम डोल्पा प्रदेश 'क' र प्रतिनिधिसभामा वाम गठबन्धनबाट एमालेका उम्मेद्वारहरु भारि मततान्तरका साथ विजय भएका छन् ।

 प्रतिनिधिसभा र प्रदेश 'क' मा एमाले भारी मतले विजयी



मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले घोषणा गरे बमोजिम वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा एमालेका धनबहादुर बुढाले ७४ प्रतिशत र प्रदेशसभा क को सदस्यमा एमालेका नन्दसिंह बुढाले ८१ प्रतिशत मत प्राप्त गरी विजयी भएका छन् ।

प्रतिनिधिसभा सदस्यमा धनबहादुर बुढाले ११ हजार ७ सय ६१ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अंगदकुमार बुढाले ३ हजार १ सय ६७ मत प्राप्त गरेका थिए । प्रदेशसभा क को सदस्यमा नन्दसिंह बुढाले ५ हजार ४ सय ९० मत प्राप्त गरेर विजय भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वेगमसिंह ठकुरीले १ हजार २ सय १३ मत पाप्त गरेका छन् ।

प्रतिनिधिसभा तर्फ १५ हजार ८ सय १२ मत खसेको थियो भने प्रदेश क मा ६ हजार ७ सय ८८ मत खसेको थियो । खसेको मत मध्ये प्रतिनिधिसभा तर्फ ५ सय ६४ मत बदर भएका छन् । प्रदेशसभा तर्फ ८५ मत बदर भएका छन् । खसेको मतको आधारमा प्रतिनिधिसभाका विजयी सदस्य धनबहादुर बुढाले ७४ प्रतिशत ११ हजार ७ सय ६१ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी भन्दा तीन गुणा ८ हजार ५ सय ९४ मतान्तरले विजयी भएका हुन् । त्यसै गरी प्रदेशसभा तर्फ खसेको ६ हजार ७ सय ८८ मतको ८१ प्रतिशत मत प्राप्त गरेर एमालेका नन्दसिंह बुढा विजयी भएका छन् ।

प्रतिनिधिसभा सदस्यमा विजय हुने धनबहादुर बुढा २०६२, ०६३ मा तत्कालिन राजा ज्ञानेन्द्रविक्रम शाहद्धारा मनोनित जिल्ला विकास समितिका सभापति हुन् । लामो समयदेखि राप्रपामा आफ्ना दाजु कर्णबहादुर बुढासंग राजनीतिक गरेका धनबहादुर बुढा २०७० मा एमाले प्रवेश गरी संविधानसभाको निर्वाचन २०७० मा निर्वाचित भएका हुन् । पूर्व सांसद बुढा आर्थिक रुपमा मजबुत नेता हुन् । उनले आफ्नो आर्थिक समृद्धि ठेक्का पट्टाबाट गरेका हुन् ।

विजय हुने नन्दसिंह बुढा नेकपा(एमाले) डोल्पाका वर्तमान सचिव पनि हुन् । उनले २०५४ सालदेखि नै नेकपा एमालेको राजनीतिमा सक्रिय भएका थिए । उनले आफ्नो घरमा आमा बुबा राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय रहेको बेला पनि कठिन संघर्षका साथ कम्युनिष्ट राजनीतिमा लागेर आफ्नो सबै परिवारलाई एमाले बनाउने मात्र होइन आफूलाई नेताको रुपमा स्थापित गरेका बुढाले एमाले जिल्ला कमिटी सदस्य हुदै, जिल्ला कमिटी सचिव भएको भए पनि लाभको पदमा भने बल्ल मौका पाएका छन् । उनले लामै समयदेखि एमालेका नेताको छवी बनाएका थिए ।

प्रदेशसभा ख को मतगणना भने जारी रहेको छ । शुक्रवार विहान १० बजेबाट गणना सुरु भएको प्रदेश ख को मतपरिणाम मध्ये राति नै सम्पन्न गर्ने गरी गणना भैसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ । यस प्रदेशमा पनि वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेद्वार बिरबहादुर शाहीको जीत सुनिश्चित भैसकेको उक्त पार्टीले जनाएको छ । किनकी ८ हजार ७ सय खसेको मत मध्ये हालसम्म बिरबहादुर शाहीले ४ हजार १ सय ७३ मत प्राप्त गरिसकेका छन् भने उनका पछिपछि नेपाली कांग्रेसका सुरेशबहादुर शाहीले १ हजार १ सय ४६ मत मात्र पाएका छन् । यस प्रदेशको मत गन्न अब ३ हजार मत मात्र बाँकी रहेको छ ।

प्रकाशित : मंसिर २२, २०७४ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?