कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

गुल्मीको प्रदेशसभामा बाम गठबन्धनका दुई उम्मेदार बिजयी

घनश्याम गौतम

गुल्मी — दुई प्रतिनिधि र चार प्रदेशसभा रहेको गुल्मीका सबै क्षेत्रमा बाम गठबन्धनका उम्मदेवारले पकड जमाएका छन् । मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेका अनुसार दुई प्रदेशमा एमाले र माओवादीका उम्मेदवार बिजयी भएका छन् । मतगणना भैरहेका सबै क्षेत्रमा बामगठबन्धन बलियो मतान्तर सहित अगाडी छ ।

गुल्मीको प्रदेशसभामा बाम गठबन्धनका दुई उम्मेदार बिजयी

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को प्रदेश क मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमाले उम्मेदवार खड्गबहादुर केसी १६ हजार १ सय ६५ मत ल्याएर बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका शालिकराम पन्थीले ११ हजार ६ सय ७३ मत ल्याएका छन् । 

त्यस्तै प्रदेश २ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका दिनेश पन्थी १७ हजार ६ सय १ मत ल्याएर बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका छन्दबहादुर पहराईले ९ हजार ५ सय ६४ मत ल्याएका छन् । प्रदेश सभाका दुवै उम्मेदवार बिजयी भैसकेको र प्रतिनिधि सभाको मतगणना जारी रहेको निर्वाचन अधिकृत कमलराज गौतमले बताए । 

अहिलेसम्मको मत परिणाम अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एमालेका सचिव प्रदिप ज्ञवाली ४ हजार बढी अन्तरले अघि छन् । ज्ञवालीले १८ हजार १ सय ९४ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले १३ हजार ७ सय ९१ मत पाएका छन् । त्यस्तै क्षेत्र नं. २ मा पनि एमाले सचिव गोकर्ण विष्टले १० हजार भन्दा बढीले अग्रता लिईरहेका छन् । 

विष्टले २२ हजार १ सय ७७ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका चन्द्र केसीले १२ हजार १ सय ७७ मात्र ल्याएका छन् । प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेश सभा १ मा गठबन्धनका तर्फबाट माओवादीका सुदर्शन बरालले १२ हजार ८ सय ७ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका पृथबहादुर फौदारले ९ हजार ४ सय ८९ मत पाएका छन् । प्रदेश नं. २ मा एमालेका कमल श्रेष्ठले ११ हजार ५ सय १८ र कांग्रेसका धनेन्द्र कार्कीले ९ हजार ४ सय ६९ मत पाएका छन् । 

प्रकाशित : मंसिर २३, २०७४ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?