२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४

Nepal-election-2074

भक्तपुर २ मा एमालेले इतिहास रच्यो

निर्वाचन क्षेत्र नं २ मा एमालेले इतिहास रच्दै प्रतिनिधिसभा तथा दुवै प्रदेशसभा सिटमा विजयी भएको छ । २०४८ पछि तीनपल्ट कांग्रेस र दुईपल्ट नेमकिपाले पालैपालो जितेको क्षेत्रमा वाम गठबन्धनका एमाले उम्मेदवार महेश बस्नेतले जितेका हुन् ।

भक्तपुर २ मा एमालेले इतिहास रच्यो

देउवाले यसरी जोगाए किल्ला

अधिकांश वरिष्ठ नेताहरूले पराजय भोगिरहेका बेला कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा २०४८ देखिको आफ्नो किल्ला जोगाउन सफल भएका छन् । ७२ वर्षीय देउवाले २८ हजार ४४ मतसहित अपराजित यात्रा कायम राखे । प्रतिनिधिसभा सदस्यमा छैटौं पटक जित हात पारेका उनले माओवादी केन्द्रका सचिवालय सदस्य खगराज भट्टलाई ६ हजार ९ सय २९ मतान्तरले हराए । भट्टले २१ हजार एक सय १५ मत पाएका थिए ।

देउवाले यसरी जोगाए किल्ला

पोखरेलको फराकिलो जित

एमाले चितवन जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल फराकिलो मत अन्तरले विजयी भएका छन् । क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा पोखरेलले कांग्रेसका वहालवाला शिक्षा राज्य मन्त्री शेषनाथ अधिकारीलाई १७ हजार ३ सय ५६ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् ।

पोखरेलको फराकिलो जित

प्रतिनिधिसभामा कांग्रेस, प्रदेशमा एमाले

काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये प्रतिनिधिसभामा ६ जना एमाले उम्मेदवार विजयी भएका छन् । ४ क्षेत्रमा कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले आइतबार रातिसम्म देशभर प्रतिनिधिसभामा १३ क्षेत्र जित्दा काठमाडौंमा मात्रै ४ सिट ल्याएको हो ।

प्रतिनिधिसभामा कांग्रेस, प्रदेशमा एमाले

धनुषामा मधेस केन्द्रित दलको अग्रता

धनुषाका चार प्रतिनिधिसभा सदस्य पदका लागी सम्पन्न निर्वाचनमा दुईमा मधेस केन्द्रित दलका नेताहरु विजयी भएका छन् भन्ने एकमा माओवादी केन्द्र तथा अर्कोमा मधेस केन्द्रित दलका नेता अगाडि छन् ।

धनुषामा मधेस केन्द्रित दलको अग्रता

ह्रृदयेश त्रिपाठी विजयी

प्रदेश नम्बर ५ अन्तर्गतको नवलपरासी पश्चिममा प्रतिनिधिसभा १ मा बाम गठबन्धनका तर्फबाट सूर्य चुनाव चिन्ह लिएर उम्मेदवार बनेका स्वतन्त्र राजनीतिक समूहका नेता ह्रृदयेश त्रिपाठी विजयी भएका छन् ।

ह्रृदयेश त्रिपाठी विजयी

रौतहटमा १ मधेसी गठबन्धन, ३ वाम गठबन्धनको प्यानल विजयी

मधेसी दलको पकड मानिएको रौतहट निवाचन क्षेत्र नं. १ मा मधेसी गठबन्धन प्यानल सहित विजयी भएको छ । त्यस्तै निर्वाचन क्षेत्र नं. ३ मा पनि बाम गठबन्धन प्यानल सहित विजयी भएको छ ।

रौतहटमा १ मधेसी गठबन्धन, ३ वाम गठबन्धनको प्यानल विजयी

दाङका आठ क्षेत्रमा बाम र एकमा काँग्रेस विजयी

जिल्लाका नौ क्षेत्रमध्ये आठ स्थानमा विजयी भएको बाम गठबन्धनले आइतबार घोराहीमा विजय र्‍याली गरेको छ । र्‍यालीमा बाजागाजा, नाचगान र अविराबरण गर्दै घोराहीका बिभिन्न भागको परिक्रमा गरिएको थियो ।

दाङका आठ क्षेत्रमा बाम र एकमा काँग्रेस विजयी

कांग्रेस नेता पौडेल पराजित

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट पराजित भएका छन् । वाम गठबन्धन तर्फबाट एमालेका कृष्णकुमार श्रेष्ठसँग नेता पौडेल पराजित भएका हुन् । श्रेष्ठले ३४ हजार ४ सय ९२ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

बाँकेको प्रदेशसभामा चार वाम गठबन्धन, एक कांग्रेस विजयी

कांग्रेसको ऐतिहासिक क्षेत्र मानिने बाँकेको प्रतिनिधिसभा क्षेत्र २ मा संघीय समाजवादी फोरम नेपालका इस्तियाक राई विजयी भएका छन् । उनले वाम गठबन्धन र लोकतानित्रक गठबन्धनका उम्मेदवारहरुलाई भारी मतले पराजित गरेका हुन् ।

बाँकेको प्रदेशसभामा चार वाम गठबन्धन, एक कांग्रेस विजयी

निर्वाचन क्षेत्र नं २ प्रदेश (क) मा दुलाल विजयी

जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (क)मा सात हजार एक सय ६६ मतान्तरमा वाम गठबन्धनका युवराज दुलाल विजयी भएका छन् । १३ हजार पाँच सय २१ मत ल्याएका लोकतान्त्रिकका उम्मेद्वार विकास तामाङलाई शरदले २० हजार ६ सय ८७ ल्याएर हराएका हुन् ।

निर्वाचन क्षेत्र नं २ प्रदेश (क) मा दुलाल विजयी

प्रदेशसभा प्यूठान ख बाट खड्का विजयी

प्रदेशसभा ख बाट वाम गठवन्धनका उम्मेदवार माओवादी केन्द्रका कृष्णध्वज खड्का विजयी भएका छन् । नेपाली कांग्रेस प्यूठानका सभापति अम्मरप्रसाद भण्डारीलाई फराकिलो मत अन्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।

प्रदेशसभा प्यूठान ख बाट खड्का विजयी

तेह्रथुम एमाले जिल्ला अध्यक्षद्वारा कांग्रेस सभापति पराजित

तेह्रथुम निर्वाचन क्षेत्र नम्वर १ प्रदेशसभा (क) बाट बामगठवन्धनका उमेदवार एमाले अध्यक्ष लक्ष्मण तिवारी विजयी भएका छन् ।

तेह्रथुम एमाले जिल्ला अध्यक्षद्वारा कांग्रेस सभापति पराजित

कांग्रेसका शाह विजयी

निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्यमा कांग्रेसका अभिषेकप्रताप शाह विजयी भएका छन् । उनले २० हजार १ मत प्राप्त गरि विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका मंगलप्रसाद गुप्ताले १५ हजार ८ सय २६ मत प्राप्त गरेका थिए ।

कांग्रेसका शाह विजयी

पाँचथर क बाट एमालेका गणेश काम्वाङ विजयी

प्रदेशसभा सदस्यमा पाँचथर क्षेत्र नं १ बाट वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका उम्मेदवार गणेशकुमार काम्वाङ विजय भएका छन् । उनी लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका सभापति नरेन्द्रकुमार केरुङसित ४ हजार ९ सय ६२ मतको फराकिलो अन्तरले जितेका हुन् ।

पाँचथर क बाट एमालेका गणेश काम्वाङ विजयी

सुनसरी १ को ‘क’ बाट प्रदेशसभामा प्रदीप भण्डारी विजयी

सुनसरी क्षेत्र नम्बर १ को ‘क’ बाट बामगठबन्धनका एमाले उम्मेदवार प्रदीप भण्डारी विजयी भएका छन् । ३७ बर्षसम्म शिक्षण पेशामा रहेर हालै अवकास लिएका भण्डारी एमालेका पुराना बौद्धिक नेता मानिन्छन् । उनले १९ हजार २ सय ४३ मत प्राप्त गरेका छन् ।

बारामा प्रदेशसभातर्फ वाम गठबन्धन २ र फोरम १ स्थानमा विजयी

८ प्रदेशमध्ये ३ वटा प्रदेशको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत परिणामअनुसार प्रदेशसभातर्फ वाम गठबन्धन २ वटा स्थानमा र संघीय समाजवादी फोरम १ स्थानमा विजयी भएका छन् । निर्वाचन क्षेत्र नम्बर ३ को (क)मा वाम गठबन्धनबाट माओवादी केन्द्रकी पोलिटव्युरो सदस्य ज्वालाकुमारी साह कांग्रेसका रामानन्द यादवलाई फराकिलो मतान्तरले हराउँदै विजयी भएकी छिन् ।

दाङ-१ क मा माओवादी केन्द्रका इन्द्रजीत थारु विजयी

दाङ क्षेत्र नं. १ क बाट प्रदेशसभा सदस्यमा माओवादी केन्द्रका इन्द्रजीत थारु ५ हजार ८ सय ९३ मतान्तरले विजयी भएका छन् । उनले १७ हजार २ सय ८५ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका प्रदीप थापाले ११ हजार ३ सय ९२ मत प्राप्त गरेका छन् ।

पाल्पा क्षेत्र २ का प्रतिनिधि र प्रदेशसभाको नतिजा सार्वजनिक

प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट सोमप्रसाद पाण्डे विजयी भएका छन् । वाम गठबन्धनमा नेकपा एमालेबाट उम्मेदवार बनेका पाण्डेले ३४ हजार ८९९ मत ल्याएर विजयी भएका छन् । उनले कांग्रेस उम्मेदवार हरिप्रसाद नेपाललाई १० हजार ३ सय ४५ मतान्तरसहित विजयी भएका हुन् । कांग्रेस उम्मेदवार नेपालले २४ हजार ५ सय ५४ मत प्राप्त गरेका छन् ।

पाल्पा क्षेत्र २ का प्रतिनिधि र प्रदेशसभाको नतिजा सार्वजनिक

समानुपातिकमा पनि एमाले अगाडि, प्रदेश २ मा मात्रै कांग्रेसको अग्रता

निर्वाचन आयोगले सुरु गरेको समानुपातिकको मतगणनामा एमालेले अग्रता लिएको छ । एमालेले कांग्रेसले भन्दा करिव ४ हजार मत बढी ल्याएको हो । माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

नुवाकोट १ मा तामाङद्वारा महत पराजित

नुवाकोट प्रतिनिधिसभा १ मा वाम गठबन्धनका उम्मेदवार माओ‌वादी केन्द्रका नेता हितबहादुर तामाङ विजयी भएका छन् । उनी नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री रामशरण महतलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

नुवाकोट १ मा तामाङद्वारा महत पराजित

दाङ–३ मा एमालेका हिराचन्द्र केसी विजयी

दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका हिराचन्द्र केसी ६ हजार ५ सय ५७ मतान्तरले विजयी भएका छन् । उनले ४० हजार २ सय ८७ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वसिँचाइ मन्त्री दिपक गिरीले ३३ हजार ७ सय ३० मत प्राप्त गरेका छन् ।

दाङ–३ मा एमालेका हिराचन्द्र केसी विजयी

रामेछापमा श्रेष्ठ विजयी

रामेछापबाट प्रतिनिधिसभामा वाम गठवन्धन तर्फका माओवादी उम्मेदवार श्यामकुमार श्रेष्ठ विजय भएका छन् । श्रेष्ठ विनाविभागीय राज्यमन्त्री हुन् ।

रामेछापमा श्रेष्ठ विजयी

दाङ-३ मा एमालेका हिराचन्द्र केसी विजयी

दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका हिराचन्द्र केसी ६ हजार ५ सय ५७ मतान्तरले विजयी भएका छन् । उनले ४० हजार २ सय ८७ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वसिँचाईमन्त्री दिपक गिरीले ३३ हजार ७ सय ३० मत प्राप्त गरेका छन् ।

दाङ-३ मा एमालेका हिराचन्द्र केसी विजयी

पाँचथर– 'ख' बाट माओवादीका इन्द्र आङबो विजयी

प्रदेश सभा सदस्यमा पाँचथर क्षेत्र नं 'ख' बाट वामगठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार ईन्द्रबहादुर आङबो लिम्वू निर्बाचित भएका छन् । उनी लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका सुरेन्द्रकुमार दाहालसित ४ हजार ७ सय ९१ मतको फराकिलो अन्तरले विजयहासिल गरेका हुन् ।

पाँचथर– 'ख' बाट माओवादीका इन्द्र आङबो विजयी

कांग्रेसका कनोडिया विजयी

निर्वाचन क्षेत्र नं. ३ (ख) प्रदेशसभा सदस्यमा कांग्रेसका वीरेन्द्रकुमार कनोडिया निर्वाचित भएका छन् । उनले माओवादी केन्द्रका जावेदआलम खालाई पराजित गरेका छन् । कनोडियाले ६ हजार ६ सय ७९ मत प्राप्त गरेका थिए । उनको प्रतिद्वन्द्वी खाले ६ हजार ३ सय ७ मत प्राप्त गरेका थिए ।

कांग्रेसका कनोडिया विजयी