पाँचथर– 'ख' बाट माओवादीका इन्द्र आङबो विजयी

शाहीमान राई

पाँचथर — प्रदेश सभा सदस्यमा पाँचथर क्षेत्र नं 'ख' बाट वामगठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार ईन्द्रबहादुर आङबो लिम्वू निर्बाचित भएका छन् । उनी लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका सुरेन्द्रकुमार दाहालसित ४ हजार ७ सय ९१ मतको फराकिलो अन्तरले विजयहासिल गरेका हुन् ।

पाँचथर– 'ख' बाट माओवादीका इन्द्र आङबो विजयी

प्रदेश सांसदमा पहिलोपटक निर्बाचित इन्द्र आङवो (मौसम) ले १६ हजार ९ सय ८ मत प्राप्त गरी जितेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुरेन्द्र दाहालले १२ हजार एक सय १७ मत प्राप्त गरेका छन् । दाहाल र आङबो दुवै प्रतिद्वन्द्वी पहिलोपटक उम्मेदवार थिए । दाहाल कांग्रेसका पूराना निष्ठावान कार्यकर्ता हुन् भने निर्बाचित इन्द्रआङवो माओवादी जनमुक्ति सेनाका व्रिगेड कमाण्डर थिए । फिदिम नगरपालिका–११ नाङगीन फेवादिन २०३९ साउन २९ गते नरेन्द्रप्रसाद आङबो र रणमाया आङबोको कोखबाट जन्मिएका उनी २०५६ सालदेखि विद्यार्थी राजनीति लागेका थिए । प्रविणता प्रमाण पत्र तहसम्म अध्यायन गरेका आङबो माक्र्सवाद शिक्षाबाट प्रभावित भएर कम्यूनिष्ट राजनीतिमा लागेको बताए ।

तत्कालिन भूमिगत माओवादी निकट अखिल क्रान्तिकारीको इकाइ कमिटिदेखि २०५९ मा पार्टी जिल्ला सचिव हुँदै २०६० मा जनमुक्ति सेनाको १९ औं वटालियन कमिसार र २०६३ मा ब्रिगेड कमाण्डरसम्मको जिम्मेवारी पूरा गरेका हुन् । शान्तिप्रक्रियामा आइसकेपछि माओवादी योङ कम्यूनिष्ट लिग वाइसिएलको केन्द्रीय सचिवालय हुदै माओवादी केन्द्रीय सदस्य, पोलिटव्यूरो हुँदै केन्द्रीय सचिवालय सदस्य छन् । उनले जनयुद्धकालमा २०५८ मंसिर १० गते इलामको बन्दुके चौकी आक्रमणसहित २४ वटा मोर्चाको नेतृत्व गरेका थिए । सामाजिक सेवामा त्यती अनुभव नगरेपछि राजनीतिको माध्यमबाट सेवा गर्ने पहिलो अवसर प्राप्त गरेको बताए । उनी निर्बाचित भएपछि मुलुकको सम्बृद्धि, आर्थिक परिवर्तन, भौतिक पूर्वाधार विकास र जनचाहना अनुरुप निर्बाचनमा व्याक्त गरेका बचन पूरा प्रतिवद्धता जनाए ।

पाँचथरमा प्रदेश क्षेत्र नं २ मा ५८ हजार ९ सय ९६ मतदातामध्ये ३६ हजार एक सय ५६ जनाले मतदान गरेका थिए । त्यसमध्ये दुई हजार ४ सय ७९ मत वदर भएको छ । उनका प्रतिद्वन्द्वीहरु सङ्घीय समाजवादी फोरम नेपालका एविराज आङदेम्बेले दुई हजार ४०, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बूवानका दिपेन्द्र चेम्जोङ लाव्हाङले एक हजार एक सय ५७, नेकपा मालेका भिमबहादुर तामाङले ८५२, जनमुक्तिका इच्छाबहादुर चेम्जोङले चार सय २९, नयाशक्तिका नगेन्द्रप्रसाद नेम्बाङले एक सय १२ र मंगोल नेस्नल अर्गनाइजेसनका रामकुमार तुम्रोकले ६२ मत प्राप्त गरेका छन् ।

प्रकाशित : मंसिर २४, २०७४ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?