२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

दाङ–३ मा एमालेका हिराचन्द्र केसी विजयी

दुर्गालाल केसी

दाङ — दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका हिराचन्द्र केसी ६ हजार ५ सय ५७ मतान्तरले विजयी भएका छन् । उनले ४० हजार २ सय ८७ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वसिँचाइ मन्त्री दिपक गिरीले ३३ हजार ७ सय ३० मत प्राप्त गरेका छन् ।

दाङ–३ मा एमालेका हिराचन्द्र केसी विजयी

चौथोपटक चुनावी मैदानमा रहेका गिरीले तेस्रो पराजय व्यहोरेका छन् । २०७० को संबिधानसभा निर्वाचनमा गिरी पहिलोपटक विजयी भएका थिए । त्यसअघि २०५१ र २०६४ मा पराजित भएका थिए । केसी पहिलोपटक संसदीय चुनावमा सहभागी भएका थिए ।

बिद्यार्थी कालदेखि राजनीतिमा लागेका केसी २०५३ मा महेन्द्र बहुमुखी क्याम्पस घोराहीको स्ववियू सचिव, २०५५ मा युवा संघको केन्द्रीय सचिव भएका थिए । २०५८ मा एमाले जिल्ला सदस्य भएपछि नगर ईञ्चार्ज, क्षेत्रीय ईञ्चार्ज र संगठन विभाग प्रमुख भएका थिए । अहिले उनी एमाले जिल्ला सचिव र युवा संघ केन्द्रीय अनुशासन आयोगको अध्यक्ष छन् ।

क्षेत्र नं. ३ मा पुरुष ५८ हजार २ सय ४, महिला ६० हजार ७ सय ८२ र तेस्रो लिंगी १ गरी १ लाख १८ हजार ९ सय ८७ मतदाता थिए । यस क्षेत्रमा तुलसीपुर उपमहानगरपालिकाका १ देखि १५ वडाका साथै दंगिशरण, बबई र शान्तिनगर गाउँपालिका पर्छन् । 

स्थानीय तह निर्वाचनमा एमाले तुलसीपुर उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख, दंगिशरण गाउँपालिका प्रमुख तथा बबई गाउँपालिका प्रमुख र उपप्रमुखमा विजयी भएको थियो । काँग्रेसले शान्तिनगर गाउँपालिका प्रमुख र उपप्रमुखका साथै दंगिशरणको उपप्रमुख जितेको थियो । 

प्रकाशित : मंसिर २४, २०७४ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?