३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पाल्पा क्षेत्र २ का प्रतिनिधि र प्रदेशसभाको नतिजा सार्वजनिक

माधव अर्याल

पाल्पा — प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट सोमप्रसाद पाण्डे विजयी भएका छन् । वाम गठबन्धनमा नेकपा एमालेबाट उम्मेदवार बनेका पाण्डेले ३४ हजार ८९९ मत ल्याएर विजयी भएका छन् । उनले कांग्रेस उम्मेदवार हरिप्रसाद नेपाललाई १० हजार ३ सय ४५ मतान्तरसहित विजयी भएका हुन् । कांग्रेस उम्मेदवार नेपालले २४ हजार ५ सय ५४ मत प्राप्त गरेका छन् ।

पाल्पा क्षेत्र २ का प्रतिनिधि र प्रदेशसभाको नतिजा सार्वजनिक


प्रदेशसभातर्फ भने क्षेत्र नम्बर २ ‘क’मा वाम गठबन्धनमा एमालेबाट उम्मेदवार बनेका डा. पुरनमान बज्राचार्य विजयी भएका छन् । बज्राचार्य १६ हजार ४ सय २२ मतसहित विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका माधवप्रसाद नेपालले १३ हजार ४७० मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभा क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा ख मा वाम गठबन्धनमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती मगर विजयी भएका छन् । वाम गठबन्धनमा माओवादी केन्द्रका उम्मेदवार रहेका घर्तीले १६ हजार ४ सय २२ मत प्राप्त गरी विजयी भएका छन् । घर्तीले ४ हजार ९ सय २६ मत अग्रताका साथ बिजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामबहादुर कार्कीले ११ हजार ४ सय ९६ मत प्राप्त गरेका छन् । 

 

प्रकाशित : मंसिर २४, २०७४ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?