१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

नवलपरासीमा वाम गबन्धनको विजय सुरुआत

नवीन पौडेल

परासी — प्रदेश नम्बर ५ अन्तर्गतको नवलपरासी पश्चिममा प्रतिनिधिसभा १ को ख मा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

नवलपरासीमा वाम गबन्धनको विजय सुरुआत

सूर्य चुनाव चिह्न लिएर उम्मेदवार बनेका स्वतन्त्र राजनीतिक समूहका अजय शाही ६ हजार ७ सय ३० को भारी मतान्तरले विजयी भएका हुन् । विजयी शाहीले १९ हजार ३ सय ३३ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्व नेपाली कांग्रेसका मुकुलकुमार आर्चायले १२ हजार ६ सय ३ मत प्राप्त गरे ।

प्रदेश क मा समेत वाम गठबन्धनका दिपेन्द्र अधिकारीको अग्रता कायम छ । प्रतिनिधिसभा १ मा नेकपा एमालेका तर्फबाट चुनाव लडेका हृदयेश त्रिपाठी २ हजार ८ सय १७ मतले अगाडि छन् ।

प्रकाशित : मंसिर २४, २०७४ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?