कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

पाँचथर क बाट एमालेका गणेश काम्वाङ विजयी

शाहीमान राई

पाँचथर — प्रदेशसभा सदस्यमा पाँचथर क्षेत्र नं १ बाट वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका उम्मेदवार गणेशकुमार काम्वाङ विजय भएका छन् । उनी लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका सभापति नरेन्द्रकुमार केरुङसित ४ हजार ९ सय ६२ मतको फराकिलो अन्तरले जितेका हुन् ।

पाँचथर क बाट एमालेका गणेश काम्वाङ विजयी

प्रदेश सांसद्मा निर्वाचित गणेश काम्वाङले २१ हजार १० मत प्राप्त गरी दोस्रोपटक सांसद् जितेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नरेन्द्र केरुङले १६ हजार ४८ मत प्राप्त गरेका छन् । उनीहरु २०७० को संविधानसभा निर्वाचनमा पनि प्रतिस्पर्धी थिए । याङवरक गाउँपालिका–६ नागी मुकुबुङमा २०१० वैशाख २० गते पिता लालबहादुर र आमा लाखमोती काम्वाङको कोखबाट जन्मिएका गणेशकुमार काम्वाङ २०३३ सालदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय छन् । 

दुई दशक जिल्ला पार्टीको नेतृत्व गरेका काम्वाङ २०७० को संविधानसभाका लागि सांसद् चुनिएका थिए । त्यतिबेला काम्वाङले १३ हजार ८२ मत र केरुङले ११ हजार ५ सय १८ मत पाएका थिए । वाम राजनीतिमा लामो समय अर्पण गरेका गणेश काम्वाङ निडर र लगनशील नेताको रुपमा परिचित छन् ।
 
दोस्रोपटक सांसद् जितेका काम्वाङले आफूलाई पीडित व्यक्ति भएको बताउँदै आएका छन् । राजनीति गरेर पैसा नकमाउने, सरकारी सेवा सुविधाका लागि सरकारी निकायलाई दबाब नदिने र आर्थिक प्रलोभनमा नपर्ने व्यक्ति भएको दाबी गर्छन् । तर, सञ्चारकर्मीसित त्यती घुलमिल नहुने उनको बानीले चर्चामा आउन चाहँदैनन् । 
शिक्षाशास्त्र संकायमा प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरी स्थानीय थर्पू निमाविमा १७ वर्ष शिक्षण पेसा गरेको अनुभव छ । शिक्षण पेसा छाडेर पार्टी राजनीतिमा सक्रिय काम्वाङ नेकपा एमालेको पूर्वजिल्ला सचिव, पूर्वकेन्द्रीय सदस्य र हाल राष्ट्रिय परिषद् सदस्य समेत हुन् । पहिलो संविधानसभा निर्वाचनमा कांग्रेसका पूर्णकुमार शेर्मासित ७ मतको अन्तरमा पराजित भए । 

नवनिर्वाचित सांसद् काम्वाङलाई मुख्य निर्वाचन अधिकृत मनोजकुमार केसीले प्रमाणपत्र प्रदान गरेका छन् । निर्वाचित काम्वाङले पाँचथरवासीको सेवा, विकास र समृद्धिको चाहना पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनका प्रतिद्वन्द्वी सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बुवानका हर्कजङ लिङ्देनले ८ सय २१, सङ्घीय समाजवादी फोरमका विर्खबहादुर वाइबा ५७३, नेकपा मालेका प्रियप्रकाश रिमालले ४ सय १६, मंगोल नेस्नल अर्गनाइजेसनका किरण थाम्सुहाङले एक ९०, राप्रपा राष्ट्रवादी मत नेत्रप्रसाद पोखरेलले एक ९३ र नयाशक्तिका खगेन्द्र लोवाले एक सय २७ मत प्राप्त गरेका छन् ।

पाँचथर क्षेत्र नं १ मा ६६ हजार २ सय ३३ मध्ये ४१ हजार ५ सय ८१ जनाले मतदान गरेका थिए । त्यसमध्ये दुई हजार एक सय ७३ मत वदर भएको थियो । 

प्रकाशित : मंसिर २४, २०७४ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?