कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

फोरम महासचिव रामसहाय यादव भारी मतले विजयी

लक्ष्मी साह

बारा — संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादव प्रतिनिधि सभा सदस्यका लागि भारी मतले विजयी भएका छन् ।

फोरम महासचिव रामसहाय यादव भारी मतले विजयी

निर्वाचन क्षेत्र नम्बर २ बाट उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य राधेचन्द यादवलाई १२ हजार ३ सय ९५ मतको फरकले पराजित गर्दै विजयी भएका हुन् । उनले २८ हजार १ सय ८५ मत ल्याए । राधेचन्दले १५ हजार ७ सय ९० मत ल्याए ।

पहिलो संविधान सभाका सामानुपातिक सभासद बनिसकेका रामसहाय फोरम अद्र्धभुमिगत अवस्थामा रहँदादेखि नै पार्टी महासचिव हुन् । उनी जिल्लामा इमान्दार नेताको छबि बनाएका हुन् । उनका निकटम राधेचन्द दुई कार्यकाल जिल्ला पार्टी सभापति र दुई पटक निर्वाचित सांसद भइसकेका नेता हुन् ।

प्रकाशित : मंसिर २४, २०७४ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?