२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

तेह्रथुम एमाले जिल्ला अध्यक्षद्वारा कांग्रेस सभापति पराजित

चन्द्र कार्की

तेह्रथुम — तेह्रथुम निर्वाचन क्षेत्र नम्वर १ प्रदेशसभा (क) बाट बामगठवन्धनका उमेदवार एमाले अध्यक्ष लक्ष्मण तिवारी विजयी भएका छन् ।

तेह्रथुम एमाले जिल्ला अध्यक्षद्वारा कांग्रेस सभापति पराजित

वाम गठबन्धनमा नेकपा एमालेबाट उम्मेदवार भएका तिवारी ११ हजार ७ सय २६ मत ल्याएर विजयी भए । उनले कांग्रेस उम्मेदवार गोविन्द ढुंगानालाई १ हजार ४ सय ६६ मतअन्तरले पछि परे । कांग्रेस जिल्ल्ला सभापति ढुंगानाले १० हजार २ सय ६० मत प्राप्त गरे ।

प्रदेशसभा (ख) मा पनि बाम गठवन्धनका उमेदवार एमाले पूर्वअध्यक्ष तेजमान कन्दङवाको अग्रता कायमै छ । प्रतिनिधिसभातर्फ बामगठबन्धनका निवर्तमान सांसद भवानी खापुङ अगाडि छन् ।

प्रकाशित : मंसिर २४, २०७४ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?