१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

प्रदेशसभा प्यूठान ख बाट खड्का विजयी

गिरुप्रसाद भण्डारी

प्यूठान — प्रदेशसभा ख बाट वाम गठवन्धनका उम्मेदवार माओवादी केन्द्रका कृष्णध्वज खड्का विजयी भएका छन् । नेपाली कांग्रेस प्यूठानका सभापति अम्मरप्रसाद भण्डारीलाई फराकिलो मत अन्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।

प्रदेशसभा प्यूठान ख बाट खड्का विजयी

खड्काले २७ हजार ९ सय १० मत लिएका छन् भने भण्डारीले १४ हजार १ सय ६८ मत पाएका छन् । खड्का र भण्डारीबीच १३ हजार ७ सय ४२ को मतान्तर छ । प्यूठान नगरपालिकास्थित विजुवार पूण्यखोला निवासी खड्का २०७० सालको संविधानसभा निर्वाचनमा पराजय भएका हुन् । उनले दास्रो पटक सफलता हात पारेका छन् ।

 

प्रकाशित : मंसिर २४, २०७४ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?