निर्वाचन क्षेत्र नं २ प्रदेश (क) मा दुलाल विजयी

अनिश तिवारी

सिन्धुपाल्चोक — जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (क)मा सात हजार एक सय ६६ मतान्तरमा वाम गठबन्धनका युवराज दुलाल विजयी भएका छन् । १३ हजार पाँच सय २१ मत ल्याएका लोकतान्त्रिकका उम्मेद्वार विकास तामाङलाई शरदले २० हजार ६ सय ८७ ल्याएर हराएका हुन् ।

निर्वाचन क्षेत्र नं २ प्रदेश (क) मा दुलाल विजयी

लामो समय पार्टी अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिएका प्रदेश (क) का वामका साझा उम्मेद्वार दुलाल वाइसिएलका केन्द्रीय नेता हुन् । चौतारा नगरमा चर्चित रहेका शरदले लोकतान्त्रिकका युवा हस्ती तामाङलाई प्रदेश (क) मा हार चखाएका छन् ।

प्रकाशित : मंसिर २४, २०७४ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?