बाँकेको प्रदेशसभामा चार वाम गठबन्धन, एक कांग्रेस विजयी

प्रतिनिधिसभामा वामको अग्रता
ठाकुरसिंह थारु

नेपालगन्ज — कांग्रेसको ऐतिहासिक क्षेत्र मानिने बाँकेको प्रतिनिधिसभा क्षेत्र २ मा संघीय समाजवादी फोरम नेपालका इस्तियाक राई विजयी भएका छन् । उनले वाम गठबन्धन र लोकतानित्रक गठबन्धनका उम्मेदवारहरुलाई भारी मतले पराजित गरेका हुन् ।

बाँकेको प्रदेशसभामा चार वाम गठबन्धन, एक कांग्रेस विजयी

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राईले २१ हजार ५७५ मत पाएर विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी वाम गठबन्धनका पशुपतिदयाल मिश्रले १५९५१ र लोकतान्त्रिकका ओमप्रकाश आजादले ११ पाए ६५१ मत पाए ।

हालसम्मको निर्वाचन परिणामअनुसार प्रदेशतर्फ वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । प्रतिनिधिसभा १ को प्रदेश (क) मा कृष्ण नमुना केसी १३४३६ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी शरदचन्द्र बर्मा (कांग्रेस)ले १० हजार २४० मत पाए ।

प्रतिनिधिसभा २ को प्रदेश (क) मा संघीय समाजवादी फोरमका विजय यादव ११५७४ मत पाएर विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी निरन्जन सिजापति (कांग्रेस)ले ७७५१ मत पाए । प्रदेश (ख) मा लोकतान्त्रिक गठबन्धनका सुरेन्द्र हमाल ९२११ मत पाएर विजयी भएका छन् । निकटतम स्पर्धी संघीय फोरमका दुर्गेश गुप्ताले ८४३२ मत पाए । यसअघि प्रतिनिधिसभा क्षेत्र १ को प्रदेश (क) मा वाम गठबन्धनका इन्द्रप्रसाद खरेल (माओवादी) १६,६७५ (विजयी) भएका छन् । प्रदेश (ख) मा वाम गठबन्धनका बाबुराम गौतम (एमाले) विजयी भएका छन् ।

मत परिणाम आउन बाँकी रहेको प्रतिनिधिसभा क्षेत्र १ र ३ मा वाम गठबन्धन अगाडि छन् । प्रतिनिधिसभा १ मा महेश्वर गहतराज (माओवादी) १७५९५ मत ल्याएर अग्रता कायम राखेका छन् भने निकटतम प्रतिद्वन्द्वी माधवराम खत्री (कांग्रेस) १६४६८ मत ल्याएका छन् । 

प्रतिनिधिसभा क्षेत्र ३ मा  नन्दलाल रोकाय (एमाले) २६३५४ मत पाएर अग्रता कायम राखेका छन् भने कांग्रेसका बादशाह कुर्मी (कांग्रेस) २२३२९ मत ल्याएर पछ्याइरहेका छन् । 

प्रकाशित : मंसिर २४, २०७४ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?