कांग्रेस नेता पौडेल पराजित

प्रताप रानामगर

दमौली — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट पराजित भएका छन् । वाम गठबन्धन तर्फबाट एमालेका कृष्णकुमार श्रेष्ठसँग नेता पौडेल पराजित भएका हुन् । श्रेष्ठले ३४ हजार ४ सय ९२ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

उनका निकटम प्रतिद्वन्द्वी नेता पौडेलको २७ हजार ६ सय ९० मत प्राप्त गरेका थिए । यस निर्वाचन क्षेत्रको क प्रदेशमा एमालेका रामबहादुर गुरुङ १८ हजार २ सय ६५ मत ल्याएर विजयी भए ।

उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका गोविन्द भट्टराईले १६ हजार ८ सय ७८ मत प्राप्त गरे । त्यस्तै प्रदेश ख मा माओवादीका हरिबहादुर चुमान १५ हजार ३ सय ६० मत ल्याए विजयी भए ।

उनका निकटम प्रतिद्वन्द्वी रघुनाथ पौडेलले ११ हजार ८ सय ८१ मत प्राप्त गरे ।

प्रकाशित : मंसिर २४, २०७४ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?