१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

ह्रृदयेश त्रिपाठी विजयी

नवीन पौडेल

परासी — प्रदेश नम्बर ५ अन्तर्गतको नवलपरासी पश्चिममा प्रतिनिधिसभा १ मा बाम गठबन्धनका तर्फबाट सूर्य चुनाव चिन्ह लिएर उम्मेदवार बनेका स्वतन्त्र राजनीतिक समूहका नेता ह्रृदयेश त्रिपाठी विजयी भएका छन् ।

ह्रृदयेश त्रिपाठी विजयी

प्रदेश नम्बर ५ अन्तर्गतको नवलपरासी पश्चिममा प्रतिनिधिसभा १ मा बाम गठबन्धनका तर्फबाट सूर्य चुनाव चिन्ह लिएर उम्मेदवार बनेका स्वतन्त्र राजनीतिक समूहका नेता हृदयस त्रिपाठी विजयी भएका छन् ।

विजयी त्रिपाठीले ३८ हजार ५ सय ९२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवकरण कलवारले ३३ हजार ५ सय ९१ मत मात्र प्राप्त गरे । यसअघिको दोस्रो संविधानसभाको चुनावमा त्रिपाठी कलवारसँग पराजित भएका थिए ।

चुनावमा भोट माग्न जाँदा विजयी भएपछि नेकपा एमालेमा प्रवेश गर्छु भन्दै भोट मागेका थिए । क्षेत्र नम्बर १ को प्रदेशसभातर्फ पनि दुवैमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा १ क मा दीपेन्द्रकुमार अधिकारी र ख मा गठबन्धनकै अजय शाही विजयी भएका छन्।

प्रकाशित : मंसिर २४, २०७४ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?