कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

धनुषामा मधेस केन्द्रित दलको अग्रता

जनकपुर — धनुषाका चार प्रतिनिधिसभा सदस्य पदका लागी सम्पन्न निर्वाचनमा दुईमा मधेस केन्द्रित दलका नेताहरु विजयी भएका छन् भन्ने एकमा माओवादी केन्द्र तथा अर्कोमा मधेस केन्द्रित दलका नेता अगाडि छन् ।

धनुषामा मधेस केन्द्रित दलको अग्रता

जनकपुर नगरपालिका समाहित धनुषा ३ मा राष्ट्रिय जनता पार्टी(राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्यद राजेन्द्र महतो निर्वाचित भएका छन् । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिलाई पराजित गर्दै महतो विजय भएको हो । महतोले ३० हजार ७ सय ४२ मत प्राप्त गरेका थिए भने निधिले २७ हजार ८ सय २८ मत प्राप्त गरे । २ हजार ९ सय १४ मत अन्तरले महतो विजय भएको हो ।

यसै गरी धनुषा २ प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा संघीय समाजवादी फोरमका उमाशंकर अरगरिया २७ हजार ७ सय७९ मतप्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका रामचन्द्र झाले १६ हजार ६ सय ५० मत प्राप्त गरेका थिए ।

प्रतिनिधिसभा तर्फ धनुषा १ मा जारी मतगणनामा माओवादी केन्द्रका मातृकाप्रसाद यादव अगाडी छन् भने संघीय समाजवादी फोरमका दीपक कार्की उनलाई पन्छ्याईरहेका छन् । यसैगरी धनुषा ४ मा संघीय समाजवादी फोरमका महाजन यादवको अग्रता कायमै छ भने एमालेका रघुवीर महासेठ उनलाई पन्छ्याई रहेका छन् ।

धनुषा क्षेत्र नं ३ (क) प्रदेश सभामा नेपाली कांग्रेसका रामसरोज यादव विजय भएका छन् । यादव १५ हजार ६ सय ८५ मत प्राप्त गरे । उनका निकतम प्रतिद्वन्द्वी राजपाका कविन्द्रनाथ ठाकुर १४ हजार ४७ मत प्राप्त गरे ।  धनुषको ३(ख) मा भने राजपाका प्रमेश्वर साह विजय भएका छन् ।  साहले १५ हजार २ सय ९३ मत प्राप्त गरे । उनका निकटत प्रतिद्वन्द्वी नेपाली कांग्रेसका श्याम प्रसाद साहले १० हजार ४ सय ७२ मत प्राप्त गरे ।

यसैगरी धनुषा क्षेत्र नं. १(ख) मा माओवादी केन्द्रका रामचन्द्र मण्डल निर्वाचित भएका छन् । मण्डलले १३ हजार ४ सय ६८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी राजपका रिता यादवले ९ हजार ८ सय ६५ मत प्राप्त गरिन् । धनुषा क्षेत्र नं. २(क) मा संघीय समाजवादी फोरमका शैलेन्द्र कुमार यादव विजय भएका छन् । यादवले १६ हजार ५ सय २३ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नवल किशोर साहले ९ हजार ८५६ मत प्राप्त गरे । 

प्रकाशित : मंसिर २४, २०७४ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?