कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिनिधिसभामा कांग्रेस, प्रदेशमा एमाले

मकर श्रेष्ठ

काठमाडौं — काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये प्रतिनिधिसभामा ६ जना एमाले उम्मेदवार विजयी भएका छन् । ४ क्षेत्रमा कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले आइतबार रातिसम्म देशभर प्रतिनिधिसभामा १३ क्षेत्र जित्दा काठमाडौंमा मात्रै ४ सिट ल्याएको हो ।

प्रतिनिधिसभामा कांग्रेस, प्रदेशमा एमाले

कांग्रेसले काठमाडौं १ मा प्रकाशनमान सिंह, ४ मा गगन थापा, ६ भीमसेनदास प्रधान र १० राजेन्द्रकुमार केसीले जितेका छन् । क्षेत्र नं. २, ३, ५, ७, ८ र ९मा भने एमाले उम्मेदवार विजयी भएका छन् । काठमाडौंको २० वटा प्रदेशसभा सदस्यमध्ये आइतबार अबेरसम्म १८ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । जसमा ४ प्रदेशमा मात्रै कांग्रेस उम्मेदवार विजयी छन् । निर्वाचन क्षेत्र नम्बर ५ को मात्रै गणना भइरहेको छ । प्रतिनिधिसभामा एमाले महासचिव ईश्वर पोखरेल विजयी भइसकेका छन् । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशमा कांग्रेसले काठमाडौं क्षेत्र नम्बर १ क मा दीपेन्द्र श्रेष्ठ, ३  क मा छिरिङ दोर्जे लामा, ४  क मा नरोत्तम वैद्य र १० क मा पुकार महर्जनले जित हात पारे । कांग्रेसले प्रतिनिधिसभामा जितेपनि प्रदेशमा एमाले उम्मेदवारले जितेका छन् । काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेसका सिंहले जिते पनि प्रदेश ख मा एमालेका गणेशप्रसाद दुलाल विजयी भए । उनले १९ मत अन्तरले कांग्रेसका उम्मेदवारलाई पराजित गरेका हुन् ।

क्षेत्र नम्बर ४ मा थापा विजयी भए पनि प्रदेश ख मा एमालेका कुसुमकुमार कार्कीले ३ हजार मत फरकमा जिते । क्षेत्र नम्बर ६ मा प्रतिनिधिसभामा कांग्रेसका प्रधानले जिते पनि प्रदेश क मा एमालेका केशव स्थापित ३ हजारभन्दा बढी मत अन्तरले विजयी भएका छन् । त्यस्तै प्रदेश ख मा पनि एमालेका योगेन्द्रराज संगौला ५ हजार मतको अन्तरले बिजयी भए । क्षेत्र नम्बर १० को प्रतिनिधिसभामा कांग्रेसका केसीले जिते पनि प्रदेश ख मा एमालेकी रमा आलेमगरले २ हजार ९ सय मत अन्तरले विजयी भएकी छन् । 

क्षेत्र नम्बर २ मा प्रतिनिधिसभामा माधवकुमार नेपाल र प्रदेशमा पनि एमालेकै उम्मेदवारले जिते । जसअनुसार प्रदेश क मा सानुकुमार श्रेष्ठ र प्रदेश ख मा मणिराम फुयाल विजयी भएका छन् । फुयाल ५ हजार मतअन्तरले विजय भए । प्रतिनिधिसभामा भने नेपाल दोब्बर मतअन्तरले विजयी भएका छन् । क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा एमालेका कृष्ण राई विजयी भए पनि प्रदेश क मा कांग्रेसका छिरिङ दोर्जे लामाले जितेका छन् । ख मा भने रामेश्वर फुयालले ६७ मत अन्तरले जिते ।

क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभामा रामवीर मानन्धर र प्रदेश दुवैमा एमाले विजयी भएको छ । प्रदेश क मा ३४ मत फरकले वसन्त मानन्धर विजयी भए । मानन्धरले ८ हजार ८ सय मत ल्याएका छन् भने निकटतम प्रतिस्पर्धी कांग्रेसका विजय मालीले ८ हजार ७ सय ६६ मत प्राप्त गरेका छन् । त्यस्तै प्रदेश ख मा प्रकाश श्रेष्ठ ७ सय मतअन्तरले बिजयी भए ।

क्षेत्र नम्बर ८ मा प्रतिनिधिसभा सदस्यमा जीवनराम श्रेष्ठ र प्रदेशसभा दुवैमा एमालेले जितेको छ । प्रदेश नम्बर ३ को मुख्यमन्त्रीका दावेदार अष्टलक्ष्मी शाक्यले पनि यही क्षेत्रबाट २ हजार मतअन्तरले जितेकी छन् । क्षेत्र नम्बर ९ मा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा एमालेले जित हासिल गरेको छ । क्षेत्र नं. ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ र प्रदेशसभामा अजयक्रान्ति शाक्य र केशवप्रसाद पोखरेल विजयी भएका छन् ।

कम अन्तरको जित
काठमाडौ क्षेत्र नम्बर १ मा प्रकाशनमान विजयइ भइसकेका थिए । प्रदेश ‘ख’ मा भने एमाले उम्मेदवार दुलाल र कांग्रेसका सुरजचन्द्र लामिछाने मुख्य प्रतिस्पर्धी थिए । गणना क्रममा दुलाल र लामिछानेको मतान्तर निकै कम थियो । मतान्तर २ सय १० मा झरेपछि दुलालले हरेस खाइसकेका थिए । गणना लामिछानेको टोलम भइरहेको थियो । कमल नेत्र छुन्नामुन्ना विद्यालय बुथको गणना हुँदा लामिछानेले दुलालसँग अन्तर घटाए । एमाले क्षेत्र नम्बर १ का संयोजक दुलालले ४ हजार २ सय ४२ र लामिछानेले ४ हजार २ सय २३ मत ल्याए । १९ मतले दुलालले जित हासिल गरे ।

क्षेत्र नम्बर ७ को प्रदेश ‘क’ मा वसन्त मानन्धरले ३४ मतमात्र बढी ल्याएर विजयी भए । मानन्धरले ८ हजार ८ सय मत ल्याउँदा उनका प्रतिस्पर्धी मालीले ८ हजार ७ सय ६६ मत ल्याए । काठमाडौं क्षेत्र नम्बर ३  ‘ख’ का रामेश्वर फुयालले ६७ मतले जित हासिल गरेका छन् । फुयालले १० हजार ८ सय ८६ र कांग्रेस उम्मेदवारले १० हजार ८ सय १९ मत प्राप्त गरेका छन् ।

प्रदेशमा बढी, प्रतिनिधिसभामा कम
काठमाडौं क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले ५ हजार ३ सय ३६ मतमात्र पाएका छन् । यही क्षेत्रबाट प्रदेशसभा उम्मेदवारहरुले भने ८ हजार ८ सय ६१ मत ल्याए । प्रदेश क मा विष्णुकुमारी भुसालले ४ हजार ६ सय १८ र ख मा दुलालले ४ हजार २ सय ४२ मत ल्याएका छन् ।

कांग्रेसमा भने प्रतिनिधिसभामा पाएको मत र प्रदेशका उम्मेदवारले पाएको मत ५ सयको मात्रै फरक छ । त्यस्तै क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभामा एमाले उम्मेदवार राजन भट्टराईले प्राप्त गरेको मतभन्दा प्रदेशका एमाले उम्मेदवारले प्राप्त गरेको मत निकै बढी छ । भट्टराईले १८ हजार १ सय ४० मत ल्याए भने प्रदेश उम्मेदवारले २० हजार १ सय ४१ प्राप्त गरेका छन् ।

कांग्रेसले जितेको ६ नं. क्षेत्रमा भने प्रदेशमा एमाले उम्मेदवारले ल्याएको मतभन्दा प्रतिनिधिसभा उम्मेदवार झक्कु सुवेदीले पाएको मत बढी छ । क्षेत्र नम्बर १० मा पराजित हितमान शाक्यले पाएको मतभन्दा प्रदेश सभाका दुई उम्मेदवारले पाएको मत बढी छ । शाक्यले २१ हजार ९ सय ७ मत ल्याएका छन् भने प्रदेशका दुई उम्मेदवारले २३ हजार ६ सय २० मत पाएका छन् ।

प्रकाशित : मंसिर २४, २०७४ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?