कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरेलको फराकिलो जित

विमल खतिवडा

चितवन — एमाले चितवन जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल फराकिलो मत अन्तरले विजयी भएका छन् । क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा पोखरेलले कांग्रेसका वहालवाला शिक्षा राज्य मन्त्री शेषनाथ अधिकारीलाई १७ हजार ३ सय ५६ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् ।

पोखरेलको फराकिलो जित

विजयी पोखरेलले ४४ हजार ६ सय ७० मत ल्याए । उनका प्रतिस्पर्धी अधिकारीले २७ हजार ३ सय १४ मत प्राप्त गरेका छन । पोखरेल दोस्रोपटक पुन विजयी भएका हुन् । 

यस अघि ०७० सालको संविधान सभा निर्वाचनमा क्षेत्र नम्बर ३ बाट विजयी पोखरेले पुन दोस्रोपटक जित निकाल्न सफल भएका हुन् । उता अधिकारी ०७० मा क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । पोखरेलले कांग्रेसका भीमबहादुर श्रेष्ठलाई हराएका थिए भने अधिकारीले एमालेका कृष्ण खनाललाई पराजित गरेका थिए । 

यो क्षेत्रमा कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरका १० वडा पर्छन् । पोखरेल विजयी भएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले आइतबार साँझ घोषणा गरेका थिए । अन्तिम मत परिणाम नआउँदै अधिकारी पोखरेललाई विजयी भएको शुभकाना दिँदै मतगणनास्थलबाट बाहिरिएका थिए । कानुनका ज्ञाता रहेका विजयी पोखरेलले जनताको हितमा काम गर्ने बताए । भरतपुरको चितवन माविमा मत गणना जारी छ । 

प्रकाशित : मंसिर २४, २०७४ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?