कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अशोक राईलाई हराउँदै सुनसरी १ मा एमाले उम्मेदवार विजयी

इटहरी — सुनसरी १ नम्बर क्षेत्रको प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धनका एमाले उम्मेदवार जयकुमार राई दोब्बर मतले निर्वाचित बनेका छन् । उनले २२ हजार ४ सय ५ मत अन्तरले संघीय समाजवादी फोरमका अशोक राईलाई हराएका छन् ।

अशोक राईलाई हराउँदै सुनसरी १ मा एमाले उम्मेदवार विजयी

जयकुमारले ४४ हजार ५ सय २८ मत ल्याएका छन् भने अशोक राईले २२ हजार १ सय २३ मत प्राप्त गरेका छन् ।

आइतबार अबेर घोषित मत परिणाम अनुसार उनी प्रतिष्पर्धी भन्दा दोब्बर मतले विजयी बनेका हुन् । उनले आफ्ना राजनीतिक ‘गुरु’लाई हराएका हुन । उनी आफ्ना प्रतिष्पर्धी संघीय समाजवादी फोरमका नेता अशोक राईलाई पराजित गर्दै राई निर्वाचित बनेका हुन् । धरान १५ भानुमार्गका जयकुमार एमाले जिल्ला सदस्य हुन ।

सुनसरी १ मा १ लाख २२ हजार मतदाता रहेकोमा ७६ हजार ८ सय ६४ मत खसेको थियो । जसमा ४ हजार ३ सय ४० मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित : मंसिर २५, २०७४ ००:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?