कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नवलपरासीमा वाम र कांग्रेस बराबरी

क्षेत्र नम्बर १ बाट कोइराला र २ बाट महत विजयी

नवलपरासी — पूर्वी नवलपरासीको सबै क्षेत्रको नतिजा सार्वजनिक भएको छ । पूर्वी नवलपरासीको क्षेत्र नम्बर १ मा कांग्रेस नेता सशांक कोइराला विजयी भएका छन् । उनले ३७ हजार ३ सय ७३ मत पाए ।

नवलपरासीमा वाम र कांग्रेस बराबरी

कोइरालाका प्रतिस्पर्धी एमाले उम्मेदवार भविसोर पराजुलीले ३२ हजार ८ सय ४६ मत पाए । 

यस्तै, क्षेत्र नम्बर २ मा वाम गठबन्धन विजयी भएको छ । क्षेत्र नम्बर २ बाट एमाले उम्मेदवार तिलक महतले ३९ हजार ५३ मत सहित विजय हासिल गरे ।

उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार विष्णकुमार कार्कीले ३७ हजार ७ सय २० मत पाए ।

थप जानकारीको लागि कान्तिपुरको निर्वाचन विशेष पोर्टलमा जानुहोस् ।

प्रकाशित : मंसिर २५, २०७४ ०१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?