जनमोर्चाले खाता खोल्यो, दुर्गा पौडेल निर्वाचित

पुनर्निर्माण प्राधिकरण छाडेर उम्मेदवार बनेका पोखरेल ठूलो मतान्तरले पराजित
गिरुप्रसाद भण्डारी

प्यूठान — उनले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डा. गोविन्दराज पोख्रेललाई फराकिलो मतअन्तरले हराउँदै जित हात पारिन् । पौडेलले ४७ हजार पाँच सय १४ मत पाएकी छन् ।

जनमोर्चाले खाता खोल्यो, दुर्गा पौडेल निर्वाचित

प्रतिनिधि सभामा राजमोले प्यूठानबाट खाता खोलेको छ । वाम गठबन्धनकी उम्मेदवार राजमोकी दुर्गा पौडेल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन् । प्रतिद्वन्द्वी पोख्रेलले ३१ हजार दुई सय ८६ मत ल्याए । मतअन्तर १६ हजार दुई सय २८ छ ।

जिल्लाका मुख्य ठूला दल एमाले र माओवादी केन्द्रकी साझा उम्मदेवार पौडेल जिल्लाबाट पहिलो पटक निर्वाचित महिला सांसद भएकी छन् । उनी नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकी पत्नी हुन् । 

प्रतिद्वन्द्वी पोख्रेल राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका ‘सिईओ’ पदबाट राजीनामा दिएर निर्वाचनमा होमिएका थिए । पोख्रेलले स्थानीय निर्वाचनमा कांग्रेसले  पाएको मतभन्दा झण्डै १५ हजार मत बढी थपे पनि विजयी हुन सकेनन् । 

प्रकाशित : मंसिर २५, २०७४ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?