नुवाकोटमा विजयी र्‍यालीबाट फर्कंदा दुर्घटनामा परी एकको मृत्यु

नुवाकोट — नुवाकोटमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ पाटीभञ्ज्याङका मनोज श्रेष्ठको मृत्यु भएको छ ।

नुवाकोटमा विजयी र्‍यालीबाट फर्कंदा दुर्घटनामा परी एकको मृत्यु

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार निर्वाचित भएपछि विदुरमा निकालिएको विजयी र्‍यालीमा सहभागी भएर फर्कदै गरेको समयमा शिवपुरी गाउँपालिका–३ काउलेमा बिहान २ बजे मोटरसाकइल दुर्घटनामा परी १९ वर्षीय श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठले चलाएको बा२८प २१९४ नं को मोटरसाइकल अनियन्त्रित भएर सडकबाट २०० मिटर तल पुग्दा घटनास्थलमा नै श्रेष्ठको ज्यान गएको प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए ।

शव परीक्षणको लागि जिल्ला अस्पतालमा ल्याउन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

- रासस

प्रकाशित : मंसिर २५, २०७४ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?