प्रतिनिधि र प्रदेशसभा चुनाव मतपरिणाम : ३ सय ८८ क्षेत्रको सार्वजनिक

काठमाडौं — प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये सोमबार बिहान ११ बजेसम्म १ सय ४२ निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अब २३ क्षेत्रको नतिजा बाँकी छ ।

प्रतिनिधि र प्रदेशसभा चुनाव मतपरिणाम : ३ सय ८८ क्षेत्रको सार्वजनिक

परिणाम आएकामध्ये वाम गठबन्धनले १ सय ४ स्थानमा विजय हासिल गरेको छ । गठबन्धनको प्रमुख घटक नेकपा एमालेले ७३ र माओवादी केन्द्रले ३१ स्थानमा जित हासिल गरेका छन् । नेपाली कांग्रेसले १८ तथा राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले २० स्थानमा जितेका छन् । एमालेले ९, माओवादीले ३, नेपाली कांग्रेसले ४ र अन्यले ७ स्थानमा अग्रता लिइरहेका छन् ।

७ वटै प्रदेशको कुल ३ सय ३० निर्वाचन क्षेत्रमध्ये सोमबार बिहानसम्म २ सय ८४ स्थानको परिणाम आइसकेको छ । त्यसमध्ये एमालेले १४६, माओवादीले ६३ र कांग्रेसले ३७ सिटमा जित हात पारेको छ । राजपा, फोरम र अन्यले ३८ स्थान जितेका छन् । एमालेले १७, माओवादीले १०, कांग्रेसले ६ र अन्यले ८ स्थानमा अग्रता लिइरहेका छन् । प्रदेशसभातर्फ ४६ स्थानको बाँकी छ ।

विस्तृत परिणामका लागि । तल दिइएको लिंक क्लिक गर्नुहोस् ।

https://election.ekantipur.com/

प्रकाशित : मंसिर २५, २०७४ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?