गिरिराजमणिको ‘हयाट्रिक’

रवीन्द्र उप्रेती

महोत्तरी — तेस्रोपटक पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर विना विभागीय मन्त्री एवं माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले ‘ह्याट्रिक’ गरेका छन् । महोत्तरीको निर्वाचन इतिहासमा लगातार निर्वाचित हुने पोखरेल पहिलो बने ।

तेस्रोपटक पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर विना विभागिी मन्त्री एवं माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले ‘ह्याट्रिक’ गरेका छन् । महोत्तरीको निर्वाचन इतिहासमा लगातार निर्वाचित हुने पोखरेल पहिलो बने ।
माओवादी शान्ति प्रक्रियामा आएलगत्तै उनी महोत्तरीको राजनीतक वृत्तमा उदाएका हुन् । त्यसयता ०६४ र ०७० को संविधानसभा निर्वाचनमा महोत्तरी क्षेत्र नं १ बाट विजय हासिल गरेका थिए । पुर्नसंरचनापछि पनि सोही क्षेत्रबाट चुनाव लडे । योपटक प्रतिनिधिसभा सदस्यतर्फ रोचक प्रतिस्पर्धाबीच प्रतिद्वन्द्विलाई पछाडि पार्दै इतिहास रचेका हुन् ।
अघिल्ला २ निर्वाचनमा पोखरेलका निकटतम प्रतिद्वन्द्वी एमाले र कांग्रेसका उम्मेदवार थिए । यो पटक भने एमालेसँगै गठबन्धन गरेर संघीय समाजवादी फोरमका लक्ष्मी महतोलाई पराजित गरे । यो क्षेत्रमा जिल्लामै सबैभन्दा बढी ५७ हजार ७ सय ३२ मत खसेकोमा पोखरेलले २३ हजार ७ सय ७६ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी महतोले १९ हजार ४ सय ९२ मत ल्याए । पोखरेल र महतोको मतान्तर ४ हजार २ सय ८४ छ ।
खोटाङमा जन्मेर विराटनगरमा लामो कालखण्ड गुजारेका उनले दशकदेखि महोत्तरीसँग साइनो गाँसेका हुन् । त्यसयता उनी ३ पटक स्वास्थ्य र एकपटक शिक्षा मन्त्री बने । पहिलोपटक स्वास्थ्य मन्त्री हुदा जलेश्वर असपतालको शिलन्यासबाट उनको विकाश यात्रा सुरु भएको थियो । यात्राका क्रममा ग्रामिण भेगमा ५ स्वास्थयकेन्द्र थपिए ।
जिल्लालाई शैक्षिक केन्द्रतर्फ अगि बढाउँदै कृषि र मेडिकल कलेज स्विकृत गराए । बर्दिवासमा सेवा केन्द्र र मालपोत सेवा, गौरीवासका अव्यवस्थित जग्गालाई धनीपूर्जा दिलाउन सुरु गरेको प्रक्रियाजस्ता जनहितका कार्यले उनलाई जनतामाझ ‘विकाश प्रेमी’ को पहिचान दियो ।
‘त्यही ‘पहिचान’ का कारण उहाँ हरेक निर्वाचनमा मतदाताको रोजाईमा पर्दै आउनु भएको हो,’ उनको निर्वाचन क्षेत्रका ललित साहले धारणा राखे ।
विजयी बनेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले आफना एजेण्डा र जनचाहना पुरा गर्न जनप्रतिनिधिको हैसियतले सहजिकरण गर्दै जाने बताए । संविधानको मस्यौदाकारसमेत रहेका उनले आफनो दल संविधानका ४२ बुँदामा अस्विकृति जनाएको स्मरण गराए ।
‘संविधान संशोधनको कुरामा हामी सकारात्मक छौ,’ उनले भने ।
विकाश सूचकांकमा कर्णालीभन्दा पछि परेको महोत्तरीलाई समुन्नत जिल्ला बनाउन सवैले मिलेर अघि बढ्नु पर्ने धारणा राखे ।
आफ्नो निर्वाचन क्षेत्र नं १ मा रहेको १७ वटा खोल्साको व्यवस्थानबाट जिल्लालाई नै समृद्धितर्फ डोर्‍उन सकिने उनको सोच छ । त्यसतै गौशाला र हरिनमरिनमा कृर्षिमा आधारित उधोग स्थापना र वर्दिवासलाई शैक्षिक हवकोरुपमा अगि बढाउने सम्भावना रहको जनाए ।
पिउनेपानी र स्वस्थ्यलाईसमेत प्राथमिकतामा राखेर अघि बढ्ने जनाए । मधेसको समस्या बनेका जातीय विभेद, चरम गरिवी, रुढीवाद , दलालका उत्पीडन, दहेज प्रथा जस्ता विकृति अन्त्यकालागि स्थानीय तह र केन्द्रको समन्वयमा गति दिन पहल गर्ने विश्वास दिलाए ।

प्रकाशित : मंसिर २५, २०७४ १६:५०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गणनास्थलमा नजिक झडप

कान्तिपुर संवाददाता

सर्लाही — सर्लाही क्षेत्र नं ४ को मतगणना स्थगित भएपछि सोमबार अपरान्ह दुई पक्षका कार्यकर्ताबीच गणना नजिक मलंगवामा झडप भएको छ ।

सर्लाही क्षेत्र नं ४ को मतगणना स्थगित भएपछि सोमबार अपरान्ह दुई पक्षका कार्यकर्ताबीच गणना ल नजिक मलंगवामा झडप भएको छ ।

आइतबार राति जब्दी मतदान केन्द्रको मतपेटीकामा ४ वटा मात्र सिल रहेको भन्दै एक पक्षका प्रतिनिधिले विरोध गरेका थिए । रोकिएको मतगणना सुचारु गर्ने वा नगर्ने भन्ने विषयमा दुई पक्षका कार्यकर्ताबीच विवाद भइ झडप भएको हो ।

दुवै पक्षले आपसमा ढुंगा हानाहान गरेका थिए । प्रहरीले लाठीचार्ज र अश्रुग्यास चलाएर भीड तितरवितर बनाएको छ । झडपमा केहीलाई चोटपटक लागेको छ । गणनास्थल नजिक राखिएका केही सवारीसाधनमा क्षति पुगेको छ ।

झडपपछि मतगणनास्थलमा सुरक्षाकर्मी बाक्लो तैनाथ गरिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले अवस्था नियन्त्रणमा आएको बताए । मतगणना गर्ने विषय भने अझै टुंगो लागेको छैन ।

प्रकाशित : मंसिर २५, २०७४ १६:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT