२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

स्याङ्जा १ ‘क’बाट दिपक थापा विजयी, कांग्रेस जिल्ला सभापति पराजित

प्रतिक्षा काफ्ले

स्याङ्जा — दुई निर्वाचन र चार प्रदेश सभा क्षेत्र रहेको स्याङ्जामा बिहीबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट क्षेत्र नम्बर १ को ‘क’ मा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार दीपक थापा विजयी भएका छन् ।

स्याङ्जा १ ‘क’बाट दिपक थापा विजयी, कांग्रेस जिल्ला सभापति पराजित

प्रतिद्वन्द्वी कांग्रेसका जिल्ला सभापति एवं पूर्वसांसद कमलप्रसाद पंगेनीलाई २७२६ मतले पछाडि पार्दै विजयी भएका हुन् । थापाले १७ हजार ३ सय ९२ मत प्राप्त गरेको थिए भने पंगेनीले भने १४ हजार ६ सय ६६ मत प्राप्त गरे । यस क्षेत्रमा गणना भएका कुलमत मध्ये ७०३ मत बदर भएको छ ।

०६४ को संविधान सभा निर्वाचनमा पनि प्रतिद्वन्द्वी रहेका यी दुवै जना पराजित बनेका थिए । प्रदेश सभामा एक आपसमा चुनाव लड्ने अवसर मिलेको थियो ।

प्रकाशित : मंसिर २६, २०७४ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?