२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

स्याङ्जाका दुवै क्षेत्रमा एमाले उम्मेदवार विजयी

प्रतिक्षा काफ्ले

स्याङ्जा — यहाँका २ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर १ मा एमालेका नारायणप्रसाद मरासिनी र दुईमा एमालेकै पदमा अर्याल विजयी भएकी हुन् । २०७० सालको संविधानसभा निर्वाचनमा झिनो मतले पराजित भएका मरासिनी यसपटक भने प्रतिद्वन्द्वी कांग्रेसका राजु थापालाई १० हजार मतान्तरले पछार्दै विजयी भए ।

स्याङ्जाका दुवै क्षेत्रमा एमाले उम्मेदवार विजयी

यहाँका २ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

क्षेत्र नम्बर १ मा एमालेका नारायणप्रसाद मरासिनी र दुईमा एमालेकै पदमा अर्याल विजयी भएकी हुन् । २०७० सालको संविधानसभा निर्वाचनमा झिनो मतले पराजित भएका मरासिनी यसपटक भने प्रतिद्वन्द्वी कांग्रेसका राजु थापालाई १० हजार मतान्तरले पछार्दै विजयी भए । मरासिनीले ३९ हजार ४ सय ३३ मत प्राप्त गरेको थिए भने प्रतिद्वन्द्वी थापाले भने २८ हजार ७ सय ३१ मत प्राप्त गरेका थिए । ०७० सालको संविधानसभामा करिब १२ सय मतले थापासँग नै पराजित भएका मरासिनी । ०७० मा आमुनेसामुने भएका थापा र मरासिनी अहिले पनि एउटै क्षेत्रमा प्रतिस्पर्धी बनेका थिए । स्याङ्जा जिल्लालाई समृद्धि जिल्ला बनाउन जनताले पहिलो पटक थापा र यसपालि मरासिनीलाई संसद् भवनमा पुर्‍याउने भएका छन् ।
यस्तैगरी क्षेत्र नम्बर दुईमा विजयी भएकी एमालेकी पदमा अर्यालले पनि वहालवाला उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई ३ हजार ७०६ फराकिलो मतान्तरले पराजित गर्दै विजयी भइन् । उनले ३५ हजार १ सय ४२ मत प्राप्त गरेकी छिन् । उनका प्रतिद्वन्द्वी उपप्रधानमन्त्री श्रेष्ठले भने ३१ हजार ४ सय ३६ मत प्राप्त गरे । अर्याल र श्रेष्ठ पनि सँगसँगै दोस्रो पटक चुनावी मैदानमा उत्रिएका हुन् ।
०५६ सालमा एमालेबाट अर्याल र कांग्रेसबाट श्रेष्ठ सँगै चुनाव लडेका थिए । अर्याल त्यतिबेला श्रेष्ठसँग पराजित बनेकी थिइन् । त्यसको बदला अर्यालले यस पटकको चुनावमा लिइछाडिन् ।
वाम गठबन्धनको साझा उम्मेदवार बन्नाले पनि श्रेष्ठलाई पराजित गराउन अर्याल सफल भएकी हुन् । माओवादी केन्द्र र एमाले छुट्टाछुट्टै चुनावी मैदानमा होमिएको भए आफ्नो साख जोगाउन समेत हम्मेहम्मे हुन्थ्यो । अर्याल पूर्वसांसद् पनि हुन् ।

प्रकाशित : मंसिर २८, २०७४ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?