१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

एमाले ७५ हजार मतको अन्तरले अगाडि

काठमाडौं — पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा ७५ हजार मतको अन्तरले नेकपा (एमाले)को अग्रता कायमै रहेको छ ।

एमाले ७५ हजार मतको अन्तरले अगाडि

निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट ५:१५ प्राप्त जानकारीअनुसार, नेकपा एमालेले ३१ लाख ३१ हजार ५४, नेपाली कांग्रेसले ३० लाख २७ हजार ३६८, नेकपा (माओवादी केन्द्र)ले १२ लाख ६० हजार २१८ र संघीय समाजवादी फोरमले नेपालले चार लाख ५२ हजार ६६८ मत प्राप्त गरेको छ । 

यस्तै, राष्ट्रिय जनता पार्टी, नेपालले चार लाख ३३ हजार २६२, विवेकशील साझा पार्टीले दुई लाख दस हजार ७८४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९२ हजार ९८५ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । 

प्रतिनिधिसभाको समानुपातिकतर्फको हालसम्म ९२ लाख ५४ हजार ४४२ मतगणना पूरा भएको आयोगले जनाएको छ । 

प्रकाशित : मंसिर २९, २०७४ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?