कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हारको जिम्मेवारी लिन्छु : थापा

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले चुनावमा पार्टीले ब्यहोरेको हारको नैतिक जिम्मेवारी आफूले लिने बताएका छन् ।

हारको जिम्मेवारी लिन्छु : थापा

शुक्रबार एक विज्ञप्ति जारी गरी थापाले हारको कारणबारे केन्द्रीय समिति बैठक बसी विस्तृत अध्ययन, अनुसन्धान गर्ने बताएका छन् । हारको जिम्मेवारी लिए पनि उनले पदबाट राजिनामा भने गरेका छैनन् । ‘हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम अकल्पनिय एवं अत्यन्त निरशाजनक रहेको छ । निर्वाचन परिणाम पार्टीको निमित्त प्रतिकुल रहेता पनि जनताको उक्त मतादेशलाई प्रजातान्त्रिक आदर्श अनुरुप राष्ट्रिय प्रजातन्त्र पार्टी हार्दिकताका साथ शिरोधार्य गर्दछ’, विज्ञप्तिमा भनिएको छ । 

पार्टीको वैचारिक पक्ष एवं कार्यशैलीमा समेत पुनर्समीक्षा र सुधार गर्नु पर्ने टड्कारो आवश्यकता देखिएको उनले जनाएका छन् । यस निर्वाचनबाट देशको सबैभन्दा ठूलो पार्टी भएकोमा उनले एमाले बधाई समेत दिएका छन् ।

प्रकाशित : मंसिर २९, २०७४ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?