रेशम चौधरीको निवेदन दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

कान्तिपुर संवाददाता

काठमाडौं — सर्वोच्च अदालतले फरार रहेकै अवस्थामा कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी रेशम चौधरीको रिट दर्ता गर्न अस्वीकार गरेको छ ।

सर्वोच्च अदालतले फरार रहेकै अवस्थामा कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी रेशम चौधरीको रिट दर्ता गर्न अस्वीकार गरेको छ।

कैलालीको टीकापुर घटनाका मुख्य अभियुक्त ठहर भई फरार रहेकै अवस्थामा राष्ट्रिय जनता पार्टीबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी चौधरी निर्वाचन अधिकृतले वारेसमार्फत विजयी भएको प्रमाणपत्र नदिएपछि अदालत पुगेका थिए। सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नहकुल सुवेदीले दर्ता गर्न नमिल्ने (दरपीठ) गरेको आदेशमा कर्तव्य ज्यान मुद्दामा अदालतबाट ‘वारेन्ट नोटिस’ जारी भएको व्यक्तिले वारेसबाट प्रमाणपत्र लिन पाउनुपर्ने भन्दै दर्ता हुन आएको मुद्दा सुनुवाइ गर्न नसकिने उल्लेख छ।

Yamaha

चौधरीले फरार अवस्थामा वारेसनामार्फत उम्मेदवारी दिएर निर्वाचन जितेपछि रञ्जिता चौधरीलाई वारेस दिँदै प्रमाणपत्र लिन पठाएको र जिल्ला निर्वाचन कार्यालयले आफैँ उपस्थित हुनुपर्ने भन्दै प्रमाणपत्र दिन अस्वीकार गरेको थियो।

विजयको प्रमाणपत्र नपाएपछि चौधरीले वारेसमार्फत दर्ता गर्न ल्याएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरिएको हो। 'कर्तव्य ज्यान, ज्यान मार्ने उद्योगलगायतमा अदालतमा मुद्दा विचाराधीन रहेको र उक्त मुद्दालाई स्वीकार गरी अदालतमा उपस्थितसमेत नभएको व्यक्तिको हकमा सर्वोच्चमा निवेदन दर्ता गर्न मिल्ने देखिँदैन', दरपीठ आदेशमा भनिएको छ।

टीकापुरमा २०७२ भदौ ७ मा थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो। सो घटनाको अभियुक्त चौधरी फरार अवस्थामा छन्।

- रासस

प्रकाशित : मंसिर २९, २०७४ २०:४१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सोनीया गान्धीद्वारा अवकाश घोषणा

नयाँदिल्ली — भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेसकी अध्यक्ष सोनीया गान्धीले राजनीतिक अवकाशको घोषणा गरेकी छन् । आफ्ना छोरा राहुल गान्धीले शनिबार पार्टी अध्यक्षको जिम्मेवारी लिएपछि आफू सक्रिय र पदीय राजनीतिबाट बाहिर बस्ने उनले शुक्रबार घोषणा गरेकी हुन् । 'अब मेरो भूमिका अवकास पाएपछिको जस्तो हुन्छ,' इटालीमा जन्मेकी ७१ वर्षीया गान्धीले दिल्लीमा सञ्चार माध्यमहरूसँगको कुराकानीमा भनिन् ।


भारतको निकै पुरानो पार्टी काङ्ग्रेसमा उनले अबदेखि कुनैपनि कार्यकारी जिम्मेवारी नलिने भएको छ । बर्हिगमन हुँदैगरेकी काङ्ग्रेस प्रमुख गान्धीले ४७ वर्षीय आफ्ना छोरा राहुलले पार्टीलाई प्रभावकारी बनाउने विश्वास समेत व्यक्त गरे ।
गत तीन वर्षदेखि पार्टीको सक्रिय भूमिकामा रहेकोले राहुलले अब पार्टीको मुख्य नेतृत्वदायी भूमिका लिनसक्ने सोनीयाको दाबी छ । पार्टीका अहिलेका उपाध्यक्ष राहुलले शनिबार विशेष समारोहकाबीच अध्यक्षको जिम्मेवारी सम्हाल्ने छन् । निर्वाचन भएको पाँच दिनपछि उनले जिम्मेवारी सम्हाल्न लागेका हुन् ।
कांग्रेसको सवैभन्दा माथिल्लो पदका लागि चार दिन पहिले भएको निर्वाचनमा राहुल बाहेक कसैले पनि उम्मेदवारी नदिएपछि राहुललाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो । भारतका पूर्वप्रधानमन्त्री स्वर्गीय राजिव गान्धीकी धर्मपत्नी सोनीया गान्धी गत तीन बर्षदेखि बिरामी भएपछि पटक पटक अस्पताल भर्ना भएर उपचार गराइरहेकी छन् ।
सन् २०११ मा उनी उपचारका लागि अमेरिका गएकी थिइन् । तर उनको स्वास्थ्य अवस्थाका बारेमा स्पष्ट जानकारी गराइएको थिएन ।

प्रकाशित : मंसिर २९, २०७४ २०:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT