७५ जिल्लाको समानुपातिकतर्फको मत गणना सकियो, एमाले र कांग्रेसको मतान्तर ५० हजार

कान्तिपुर संवाददाता

काठमाडौं — प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन समानुपातिकतर्फ ७५ जिल्लाको मत गणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।

शनिबार आयोगले विज्ञप्ति निकालेर गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतितिनिधसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सुनसरी र सर्लाहीका केही निर्वाचनमा गणना जारी रहेको जानकारी दिएको छ । आयोगका अनुसार शनिबार साँझसम्म ९४ लाख ९८ हजार २ सय ७१ मत गणना सकिएको छ ।

Yamaha

प्राप्त परिणाम अनुसार नेकपा एमाले ३१ लाख ६० हजार ९४५ मत, नेपाली कांग्रेस ३१ लाख १० हजार २२५, माओवादी केन्द्र १२ लाख ९५ हजार ७११, संघीय समाजवादी फोरम नेपालले ४ लाख ६८ हजार ३९९ र राष्ट्रिय जनता पार्टीले ४ लाख ६८ हजार ३४६ मत प्राप्त गरेका छन् ।
एमाले र कांग्रेसबीचको मतान्तर ५० हजार ७२० रहेको छ ।
यसैगरी विवेकशील साझा पार्टीले २ लाख १२ हजार २९३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९६ हजार १८६, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ८८ हजार २ सय १२, नयाँ शक्ति पार्टी, नेपाल ८१ हजार ४२६ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १२३ मत प्राप्त गरेका छन् । नेपाल मजदुर किसान पार्टी, नेपाल संघीय समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलगायत दलहरुले ३ लाख ५४ हजार ४०५ मत पाएका छन् ।

Esewa Pasal

प्रकाशित : पुस १, २०७४ १८:१०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, चार घाइते

माधव अर्याल

पाल्पा — जिल्लाको पूर्वखोला-२ जल्पा मैदानमा शनिबार ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

लु १ त ८३७७ नम्बरको ट्र्याक्टर दुर्घटनामा परी पूर्वखोला-२ मैदानका मनबहादुर बारघरेको मृत्यु भएको हो । दुर्घटनामा जल्पा मैदानका कर्णबहादुर कँवर, रेवन्त हिस्की, तीलबहादुर गाहा, सुशान्त सारु रहेको वडाध्यक्ष निरबहादुर सारुले बताए ।
तारे गहिराबाट बालुवा लिएर मैदानतर्फ जाँदै गर्दा ट्र्याक्टर दुर्घटना भएको उनले बताए । घाइतेको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त ट्र्याक्टर सडकदेखि ५० मिटर तल खसेको छ । दुर्घटनाको कारण थाहा हुन सकेको छैन ।

प्रकाशित : पुस १, २०७४ १७:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT