तेह्रथुम र भोजपुरमा ३७ उम्मेदवारको जमानत जफत

तेह्रथुम, भोजपुर — प्रतिनिधि र प्रदेशसभा चुनावमा तेह्रथुम र भोजपुरबाट उम्मेदवारी दिएका ३७ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन कार्यालयका अनुसार तेह्रथुममा २२ र भोजपुरमा १५ जना उम्मेदवारले जमानत जोगाउन नसकेका हुन् ।

तेह्रथुम र भोजपुरमा ३७ उम्मेदवारको जमानत जफत

तेह्रथुममा प्रतिनिधिसभा २ र प्रदेशसभातर्फ ४ गरी ६ जना बाहेक सबै उम्मेदवारले जमानत जोगाउन सकेनन् । प्रतिनिधिसभातर्फ ११ र प्रदेशसभातर्फ २ क्षेत्रका १७ जना गरी २८ जना उम्मेदवारले चुनावी प्रतिस्पर्धामा थिए । उम्मेदवारको जमानत जफतबाट १ लाख ८२ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभातर्फ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका शंकरमान लिम्बू, नेकपा मालेका डिल्लीबहादुर बुढाथोकी र संघीय समाजवादी फोरमका तुलसीप्रसाद अधिकारीको जमानत जफत भएको छ । यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका सागरनाथ रेग्मी, नयाँ शक्ति पार्टीका टंकबहादुर भट्टराई, राप्रपा राष्ट्रवादीका गौरीप्रसाद कन्दङ्वा, देशभक्त जनगणतान्त्रिक मोर्चाका कालीबहादुर फुदोङ, राष्ट्रिय जनमोर्चाका हरिलाल अधिकारी र मंगोल नेशनल अर्गनाइजेसनका गंगाबहादुर चोङबाङको पनि जमानत जफत भएको छ । उनीहरुमध्ये कसैले पनि १० प्रतिशत मत ल्याउन सकेनन् ।
प्रदेशसभामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका देउनारायण सम्बाहाम्फे र विष्णुकुमार लिम्बू, संघीय समाजवादी फोरमका सूर्यबहादुर लिम्बू र मानध्वज सम्बाहाम्फे, नेकपा मालेका माधवप्रसाद दाहाल तथा नयाँ शक्ति पार्टीका विष्णुप्रसाद दाहाल र राजेन्द्र कन्दङ्वाको पनि जमानत जफत भएको छ । चुनावी प्रतिष्पर्धामा रहेका राष्ट्रिय जनमुक्ति पार्टीका सूर्यबहादुर थापा र मानबहादुर लिम्बू, मंगोल नेशनल अर्गनाइजेसनका डालेश्वर लिम्बू र डम्बरबहादुर लिम्बू तथा राप्रपा राष्ट्रवादीका धनराज कन्दङ्वा र यशोदादेवी कार्कीको पनि जमानत जफत भएको छ ।

यस्तै भोजपुरमा प्रतिनिधिसभामा ६ जना, प्रदेशसभा भोजपुर क्षेत्र नं १ मा पाँच जना र क्षेत्र नं २ मा चार जनाको जमानत जफत भएको छ । जमानत जफत हुने उम्मेदवारहरुमा प्रतिनिधिसभातर्फ नेकपा मालेका अनिल बस्नेत, मंगोल नेशनल अर्गनाइजेसनका चनप्रसाद राई, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल डिल्लीराम बोहरा, नयाँ शक्ति पार्टी नेपालका युवराज कटवाल, राजपाका ध्रुवराज राई र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केदार राई मेवाहाङ छन् ।
प्रदेशसभा–१ तर्फ पाँच जनाको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जनसमाजवादी पार्टी नेपालका परशुराम राई, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका आङ्गडेण्डी शेर्पा, मंगोल नेशनल अर्गनाइजेसनका मोजेज राई, राष्ट्रिय जनता पार्टी नेपालका सुवास राई र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उत्तम राईको जमानत जफत भएको हो ।
प्रदेशसभा–२ तर्फ नेकपा मालेमा यादवकुमार पाण्डे, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका देवप्रसाद राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जीतबहादुर राई र संघीय खम्बुवान लोकतान्त्रिक पार्टीका सुवास राईको जमानत जफत भएको छ ।

प्रकाशित : पुस २, २०७४ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?