कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

प्रदेशसभामा अधिकांश नयाँ

वीरेन्द्र केसी

अर्घाखाँची — प्रदेश ५ मा प्रतिनिधिसभाका २६ र प्रदेशसभाका ५२ निर्वाचन क्षेत्र छन् । प्रदेशसभामा निर्वाचित हुने अधिकांश नयाँ अनुहार छन् । प्रतिनिधिसभामा भने धेरै पुरानै दोहोरिएका छन् । प्रतिनिधिसभामा एमालेका ११, माओवादीका ६, कांग्रेसका ५, राष्ट्रिय जनमोर्चा र संघीय समाजवादीका एक/एक जना विजयी भए ।

प्रदेश ५ मा प्रतिनिधिसभाका २६ र प्रदेशसभाका ५२ निर्वाचन क्षेत्र छन् । प्रदेशसभामा निर्वाचित हुने अधिकांश नयाँ अनुहार छन् । प्रतिनिधिसभामा भने धेरै पुरानै दोहोरिएका छन् । प्रतिनिधिसभामा एमालेका १२, माओवादी केन्द्रका ७, कांग्रेसका ५, राष्ट्रिय जनमोर्चा र संघीय समाजवादीका एक/एक जना विजयी भए ।
एमालेबाट दाङ क्षेत्र ३ मा विजयी हिराचन्द्र केसी र १ का मेटमणि चौधरी, माओवादीबाट बर्दिया–२ मा विजयी सन्तकुमार थारू, कपिलवस्तुमा चक्रपाणि खनाल र कांग्रेसबाट रुपन्देही–४ मा विजयी प्रमोदकुमार यादव मात्रै नयाँ अनुहार हुन् । उनीहरू यसअघि सांसद र मन्त्री भएका थिएनन् । प्रदेशसभामा विजयी धेरैजसो पहिलोपटक संसद् जाँदै छन् । दाङ २ को प्रदेशसभा ‘क’ बाट विजयी एमाले नेता शंकर पोखरेल मात्र पुराना अनुहार हुन् ।
प्रतिनिधिसभाका २४ निर्वाचन क्षेत्रबाट दुई महिला, चार मधेसी, दलित, थारू र मुस्लिम एक–एक जना मात्रै विजयी भए । त्यस्तै, प्रदेशसभाका ५२ निर्वाचन क्षेत्रबाट महिला एक र मधेसी १३ जना उम्मेदवार विजयी भए । प्रदेश ५ का १२ जिल्लामध्ये ६ वटा पहाडी हुन् । प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिस्पर्धी दलले प्रत्यक्षमा कमै मात्र दलित, महिला र मधेसी उम्मेदवार उठाएका थिए । सबैजसो वाम गठबन्धनबाट विजयी छन् । प्रतिनिधिसभा महिलामा प्यूठानबाट राजमोकी दुर्गा पौडेल र रुकुम (पूर्वी) बाट माओवादी केन्द्रकी कमला रोका मात्रै विजयी भए । दलितमा रूपन्देही–१ बाट छविलाल विश्वकर्मा, मुस्लिममा बाँके–२ बाट संघीय समाजवादी फोरमका मोहम्मद इस्तियाक राई र मधेसीबाट ह्दयेश त्रिपाठी, अभिषेकप्रताप शाह, प्रमोदकुमार यादव र वृजेशकुमार गुप्ता विजयी भए । थारूबाट सन्तकुमार थारू बर्दिया–२ बाट विजयी भएका छन् । ५ नम्बर प्रदेशमै बाँके क्षेत्र १ (ख) बाट निर्वाचित हुने आरती पौडेल प्रदेशसभाकी एक मात्र उम्मेदवार हुन् ।
शान्ति प्रक्रियापछिका पहिलो र दोस्रो संविधानसभासहित प्रतिनिधिसभा चुनावमा लगातार तीनपटक जित्ने माओवादी नेतामा अर्घाखाँचीबाट टोपबहादुर रायमाझी र दाङ–२ बाट कृष्णबहादुर महरा मात्रै छन् । दुवै जना उपप्रधानमन्त्रीसम्म भए । रायमाझी २०६४ मा चुनाव जितेर मन्त्री र ०७० मा जितेर उपप्रधानमन्त्री भए ।
पार्टीको पोलिटब्युरो सदस्य, स्थायी कमिटी हुँदै सचिव र संसदीय दलको उपनेतासमेत भए । ‘मैले मन्त्री भएका बेला जिल्लामा धेरै विकास योजना भित्र्याएँ,’ उनले भने, ‘विगतका योजना पूरा गर्न र विकास निर्माणसहित आधारभूत आवश्यकतामा जनतासँगै रहेकाले यसपटक पनि रोजाइमा परें ।’ संविधान बनेपछि मुलुकमा राजनीति क्रान्ति सकिएकाले अब आर्थिक क्रान्ति गरेर देशलाई समृद्ध र आत्मनिर्भर बनाउनुपर्ने उनको तर्क छ ।
प्रदेश सांसद बनेकामा सबैजसो जिल्ला र क्षेत्रीय स्तरका नेता मात्रै उम्मेदवार थिए । अर्घाखाँची प्रदेश क्षेत्र ‘क’ र ‘ख’ बाट वाम गठबन्धनमा एमाले र कांग्रेसका उम्मेदवार सबै नयाँ अनुहार थिए । क्षेत्र १ बाट कांग्रेस जिल्ला सभापति विष्णुप्रसाद खनाललाई भारी मतान्तरले पछि पार्दै एमाले जिल्ला चेतनारायण आचार्य र २ मा कांग्रेस महासमिति सदस्य हिक्मत टण्डनलाई उछिन्दै पूर्वअध्यक्ष रामजीप्रसाद घिमिरे निर्वाचित भए । कपिलवस्तु क्षेत्र १ ‘क’ बाट निर्वाचित विष्णुप्रसाद पन्थी पनि नयाँ अनुहार नै हुन् । प्रदेश ५ को मुख्य मन्त्रीमा एमालेका पोखरेल र माओवादीबाट रोल्पा क्षेत्र १ ‘क’ बाट निर्वाचित कुलप्रसाद केसीको चर्चा छ । वाम गठबन्धनले प्रदेश ५ मा ५२ मध्ये एमालेले २८ र माओवादीले १४ सिट जितेको छ । कांग्रेसले ७ र फोरमले ३ सिट जितेको छ । प्रदेशमा समानुपातिक सिट ३५ वटा छन् ।

प्रकाशित : पुस ३, २०७४ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?