२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४

Nepal-election-2074

काठमाडौँबाट ३ सय १३ जना उम्मेदवारको धरौटी जफत

गत मंसिर २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभामा काठमाडौँ जिल्लामा ३१३ उम्मेदवारको धरौटी जफत भएको छ । प्रतिनिधिसभातर्फ १४४ र प्रदेशसभातर्फ १६९ उम्मेदवारको धरौटी जफत भएको क्षेत्रीय निर्वाचन अधिकारी विनोदकुमार दाहालले जानकारी गराएका थिए ।

काठमाडौँबाट ३ सय १३ जना उम्मेदवारको धरौटी जफत

योजना बुन्दै जनप्रतिनिधि

नवनिर्वाचित प्रदेशसभा सदस्यहरूले आफ्नो क्षेत्र र प्रदेशलाई समृद्ध बनाउने योजना बुन्न थालेका छन् । प्रत्यक्ष मतदानबाट प्रदेशसभा सदस्य चुनिएकाहरू आ–आफ्नै गृहजिल्लामा छन् । प्रदेश बैठक बस्ने टुंगो नभएकाले फुर्सदमा रहेका उनीहरू संसद् बैठक बसेपछि गर्ने कामबारे आपसमा सल्लाहसमेत गर्न थालेका छन् ।

योजना बुन्दै जनप्रतिनिधि

चौकीदारदेखि माननीयसम्म

१४ वर्षको बालापनमै गरिबीका कारण रोजगारी खोज्दै भारत छिरेका थिए, त्रिलोचन भट्ट । प्रवासमा कष्टकर जीवन बिताउँदा अनेकन दु:ख झेले । जवानी उतै बित्यो । त्यहाँ भोगेका र देखेका समस्या निवारण गर्न राजनीतितर्फ आकर्षित उनलाई मुलुकको माननीय बन्छु भन्ने कल्पनासम्म थिएन ।

चौकीदारदेखि माननीयसम्म

स्थानीय तहका सात महिना- देखिने काम शून्य

स्थानीय तह निर्वाचन सम्पन्न भएको ७ महिना बितिसक्यो । यस अवधिमा के–के काम भए ? जनप्रतिनिधिले देखाउने गतिला काम एउटै छैनन् । सबैसँग उही जवाफ छ, निर्वाचन आचारसंहिता र स्थानीय शासन ऐन जारी हुन ढिलाइ हुँदा खासै काम गर्न सकिएन । स्थानीय तहले नियमितबाहेक अन्य काम गर्न नसक्दा आलोचना हुन थालिसकेको छ ।

पुस ३, २०७४

पूरा होला प्रतिबद्धता ?

निर्वाचनअघि हरेक उम्मेदवार आकर्षक चुनावी मुद्दा लिएर मतदातासमक्ष पुगे । गाउँमा आधारभूत सुविधा उपलब्ध गराउनेदेखि ‘स्मार्ट सिटी’ बनाउनेसम्मका योजना सुनाए । ठाउँ अनुसार उनीहरूले बाढीबाट जोगाउने, गाउँभरिका सडक व्यवस्थित पार्ने मात्रै होइन, कतै पनि फुसका घर नदेखिने अवस्था ल्याउने आश्वासनसम्म दिए ।

पूरा होला प्रतिबद्धता ?

प्रदेशसभामा अधिकांश नयाँ

प्रदेश ५ मा प्रतिनिधिसभाका २६ र प्रदेशसभाका ५२ निर्वाचन क्षेत्र छन् । प्रदेशसभामा निर्वाचित हुने अधिकांश नयाँ अनुहार छन् । प्रतिनिधिसभामा भने धेरै पुरानै दोहोरिएका छन् । प्रतिनिधिसभामा एमालेका ११, माओवादीका ६, कांग्रेसका ५, राष्ट्रिय जनमोर्चा र संघीय समाजवादीका एक/एक जना विजयी भए ।

प्रचार खर्च ‘सीमाभन्दा माथि’

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारको प्रचार अभियान स्थानीय तहभन्दा कम भड्किलो देखियो । पोस्टर–पम्प्लेट, झन्डा, चुनावचिह्न अंकित टिसर्ट र टोपी उतिसारो देखिएनन् ।

प्रचार खर्च ‘सीमाभन्दा माथि’
पुस २, २०७४

तेह्रथुम र भोजपुरमा ३७ उम्मेदवारको जमानत जफत

प्रतिनिधि र प्रदेशसभा चुनावमा तेह्रथुम र भोजपुरबाट उम्मेदवारी दिएका ३७ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन कार्यालयका अनुसार तेह्रथुममा २२ र भोजपुरमा १५ जना उम्मेदवारले जमानत जोगाउन नसकेका हुन् ।

तेह्रथुम र भोजपुरमा ३७ उम्मेदवारको जमानत जफत
पुस १, २०७४

७५ जिल्लाको समानुपातिकतर्फको मत गणना सकियो, एमाले र कांग्रेसको मतान्तर ५० हजार

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन समानुपातिकतर्फ ७५ जिल्लाको मत गणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।

७५ जिल्लाको समानुपातिकतर्फको मत गणना सकियो, एमाले र कांग्रेसको मतान्तर ५० हजार

‘भोट दियौँ, समृद्धि देऊ’

गोश्वाराको कुशेश्वर प्रावि मतदान केन्द्रका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापको नियुक्ति हात परेपछि मनमा एक किसिमको तुलबुल भएको छ । गोश्वाराको वल्लो मतदानस्थलबाट पनि तीनचार घण्टा मजाले हिँड्नुपर्छ रे ।

‘भोट दियौँ, समृद्धि देऊ’