राजदूतहरु नियुक्त

कान्तिपुर संवाददाता

काठमाडौ — राष्ट्रपति डा रामवरण यादवले नेपालको अन्तरिम संविधान-२०६३ बमोजिम मन्त्रिपरिषद्को रिफारिसमा विभिन्न मुलुकमा कार्यरत नेपाली राजदूत/स्थायी प्रतिनिधिहरुलाई विभिन्न मुलुकका लागि गैरआवासीय नेपाली राजदूत नियुक्ति गरेका छन् ।


राष्ट्रपति कार्यालयबाट म‌ंगलबार जारी विज्ञप्तिअनुसार क्यानडाका राजदूत डा भोजराज घिमिरेलाई गणतन्त्र क्युबा तथा संयुक्त राष्ट्रसङ्घका स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्यलाई इक्वेडर र पेरुका लागि गैरआवासीय राजदूतमा नियुक्त गरिएको छ ।
त्यस्तै फ्रान्सका राजदूत मोहनकृष्ण श्रेष्ठ स्पेन, गिरस, पोर्चुगल र मोनाको तथा ब्राजिलका राजदूत प्रद्युम्नविक्रम शाह अर्जेन्टिना,  पाराग्वे र चिली तथा संयुक्त राज्य अमेरिकाका राजदूत डा शङ्कर शर्मा मेक्सिकोको गैरआवासीय राजदूतमा नियुक्त हुनुभएको छ ।
यसैगरी दक्षिण अफ्रिकाका राजदूत अरुणप्रसाद धिताललाई बोत्स्वाना, केन्या, लेसेथो, मौरिसस, जिम्बाबे, तान्जानिया र गणतन्त्र जाम्बिया तथा इजिप्टका राजदूत श्यामलाल तवदारलाई लिबिया, लेवनान, मोरक्को, इथियोपिया, सिरिया र नाइजेरियाका लागि गैर आवासीय राजदूतमा नियुक्त गरिएको छ ।
यस्तै सङ्घीय गणतन्त्र जर्मनीका राजदूत सुरेशप्रसाद प्रधानलाई स्लोभाक तथा साउदी अरेबियाका राजदूत उदयराज पाण्डेलाई जोर्डन र ओमानका लागि गैर आवासीय राजदूतमा नियुक्ति गरिएको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित : फाल्गुन १६, २०६८ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?