यस वर्षको फागु सुरु

रासस

काठमाडौ — वसन्तपुरमा विधिपूर्वक आज चिर ठड्याइएसँगै यस वर्षको फागु पर्व सुरु भएको छ ।
भक्तपुरको बाँसघारीबाट ल्याइएको बाँस तथा गुहेश्वरीबाट ल्याइएको मयल रुखको हाँगालाई आइतबार बिहान विशेष पूजा गरी ठड्याइएको हो ।

वसन्तपुरमा विधिपूर्वक आज चिर ठड्याइएसँगै यस वर्षको फागु पर्व सुरु भएको छ ।
भक्तपुरको बाँसघारीबाट ल्याइएको बाँस तथा गुहेश्वरीबाट ल्याइएको मयल रुखको हाँगालाई आइतबार बिहान विशेष पूजा गरी ठड्याइएको हो ।
सो अवसरमा स्थानीयवासी तथा नेपाली सेनाको सहभागितामा गुर्जुको पल्टनले सलामीसमेत दिएको थियो ।
असत्यमाथि सत्यको विजय हुने मान्यताका साथ प्रतीकात्मक रूपमा चिर उठाउने र एकसातापछि फागु पूर्णिमाका दिन सो चिर ढलाएर टुँडिखेलमा पुर्‍याई दहन गर्ने परम्परा रहेको स्थानीयवासी राजन महर्जनले बताए ।
हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई हत्या गर्ने उद्देश्यले होलिका आगोमा जाँदा होलिकाको दहन भई प्रह्लाद बाँचेको पौराणिक कथा सन्दर्भलाई लिएर होली मनाइने गरिन्छ । काठमाडौँ लगायतका पहाडी भेगमा फागु पूर्णिमाका दिन होली खेलिन्छ भने तराई क्षेत्रमा पूर्णिमाको भोलिपल्ट यो पर्व मनाइन्छ ।

प्रकाशित : फाल्गुन २५, २०७० २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?