'महाधिवेशनबाट गुटबन्दीको अन्त्य'

काठमाडौ — एमाले अध्यक्ष झलनाथ खनालले पार्टीको नवौं महाधिवेशनले गुटबन्दी अन्त्य गर्ने दाबी गरेका छन् ।
पार्टीको मेची अञ्चल समन्वय समितिको कार्यक्रममा शनिबार उनले एमालेलाई एक ढिक्का बनाई पार्टीले पाँच लाख सदस्य बनाउनुपर्नेमा पनि जोड दिए ।

एमाले अध्यक्ष झलनाथ खनालले पार्टीको नवौं महाधिवेशनले गुटबन्दी अन्त्य गर्ने दाबी गरेका छन् ।
पार्टीको मेची अञ्चल समन्वय समितिको कार्यक्रममा शनिबार उनले एमालेलाई एक ढिक्का बनाई पार्टीले पाँच लाख सदस्य बनाउनुपर्नेमा पनि जोड दिए ।
उनले सरकारलाई तत्काल स्थ्ाानीय निकायको निर्वाचन घोषणा गर्न पनि आग्रह गरे । लोकतन्त्रको अभ्यास स्थानीय स्तरसम्म पुर्‍याउन निर्वाचनको आवश्यकता भएको उनले बताए ।
'सरकारलाई चाँडोभन्दा चाँडो स्थानीय निर्वाचन घोषणा गर्न माग गर्छु,' उनले भने, 'हाम्रो तत्कालीन कार्यभार संविधान निर्माण हो ।' कार्यक्रममा नेता केपी ओलीले नवौं महाधिवेशनले सामूहिक नेतृत्वको विकास गर्ने विश्वास गर्दै विगतमा नेतृत्व गरेका व्यक्तिको समय सकिएको बताए । 'जसको पनि भूमिका एक अवधिका लागि हुन्छ,' उनले वरिष्ठ नेता माधवकुमार नेपालतिर संकेत गर्दै भने, 'त्यो अवधि सकिएपछि काम लाग्दैन ।'
उनले नेपालले शुक्रबार केही अनलाइन पत्रकारहरूसँग गरेको भेटबारे कटाक्ष गरे । 'नहुुनुपर्ने प्रेस कन्प|mेन्स भएछ, त्यसले केही फरक पार्दैन,' ओलीले भने, 'यसबाट शिक्षा लिएर अघि बढनुपर्छ ।' उनले विगतको महाधिवेशनमा कमजोरी देखिएको उल्लेख गर्दै आउने महाधिवेशनले पार्टीलाई नयाँ गति दिने दाबी गरे ।
महासचिव ईश्वर पोख्रेलले महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने दाबी गरे । 'नेता माधव नेपाल, अध्यक्ष खनाल, उपाध्यक्ष गौतम र महासचिवले नेतृत्व दाबी गर्दैनौं,' भावी अध्यक्ष ओली नै हुने दाबी गर्दै उनले भने, 'त्यसकारण महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्छ ।'

प्रकाशित : वैशाख ७, २०७१ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?