कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्रजातन्त्र र कम्युनिजम टुहुरा दाजुभाइ : ढकाल

पोखरा — नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले प्रजातन्त्र र कम्युनिजम बाबु आमा बिनाको टुहुरो दाजुभाइ भएको टिप्पणी गर्दै एक आपसमा झगडा गरेर समय खेर फालेको बताएका छन् ।

प्रजातन्त्र र कम्युनिजम टुहुरा दाजुभाइ : ढकाल

परिवार दलको कास्की जिल्ला अधिवेशन उद्‌घाटन गर्दै ढकालले आज दुवै वादलाई मिलाउने अभिभावकीय भूमिकाको आवश्यक रहेको बताए । उनले आफ्नो पार्टी सवैखालका वादको मिलविन्दु हुनसक्ने बताए ।
ढकालले प्रजातान्त्रिक पार्टीहरु भाइको दर्शनबाट र कम्युनिस्ट पार्टीहरु दाइको दर्शनबाट निर्देशित छन् भन्दै बाबु आमाको दर्शनबाट निर्देशित पार्टी आवश्यक रहेको उल्लेख गरे । सहमतिमा संविधान जारी गर्न पनि सुशील कोइरालाले सरकारलाई सहमतीय स्वरुपको बनाउनुपर्ने उनको भनाइ थियो ।
अध्यक्ष ढकालले रोजेको मन्त्रालय र मनोनीत सभासद् सिट दिएर भए पनि नेकपा-माओवादीसँग सहमति गर्नुपर्नेमा जोड दिए ।
 

प्रकाशित : वैशाख २८, २०७१ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?