१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

राउटेलाई दसैं मनाउन सरकारको चार लाख

काठमाडौं — सरकारले राउटेहरूलाई दसैंतिहारलगायतका चाडपर्व मनाउन ४ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सरकारले दैलेख जिल्ला प्रशासन कार्यालयमार्फत् ४० परिवार राउटेलाई चाडपर्व मनाउन प्रतिपरिवार १० हजारका दरले सहयोग गर्ने निर्णय गरेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव शान्तराज सुवेदीले दिए ।


उनका अनुसार अर्थमन्त्रालयले गृह मन्त्रालयलाई दैलेख जिल्ला प्रशासनमार्फत् राउटेलाई सहयोग बाँड्न तत्काल निकासा गर्ने भएको छ । राउटेहरूले दसैंअगावै रकम पाउने गरी वितरण गर्ने व्यवस्था मिलाइएको छ । केही समयअघि राजधानी आएका राउटेहरूले प्रधानमन्त्री सुशील कोइरालालाई भेटी चाडपर्व मानउनका लागि सहयोग गर्न आग्रह गरेका थिए । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले प्रतिपरिवार १० हजारका दरले राउटेलाई सहयोग गर्ने निर्णय गरेको छ ।

 

प्रकाशित : आश्विन ४, २०७१ २१:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?