कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आजदेखि लाग्यो तिहार

देउसी-भैलो राति ९ बजेसम्म

काठमाडौ — गृहमन्त्रालयले दुई दिनअघि निकालेको सूचना सच्याउँदै देउसी खेल्न राति ९ बजेसम्मको समय तोकेको छ । गृहसचिव सूर्यप्रसाद सिलवालका अनुसार स्थानीय जिल्ला प्रशासन कार्यालयहरूले देउसीको समय बढाउँदा सुरक्षा चुनौतीमा खासै समस्या नपर्ने बताएपछि समय थपिएको हो ।

आजदेखि लाग्यो तिहार

'देउसीको समय बढाउनुपर्ने सुझाव आएपछि दुई घन्टा थप गरिएको छ,' उनले भने । यसअघि गृहमन्त्रालयले शुक्रबार आफ्नो आधिकारिक वेबसाइटमा साँझ ७ बजेसम्मका लागि देउसी/भैलो खेल्ने समय तोकेको थियो । महानगरीय प्रहरी आयुक्त कार्यालयले तिहारमा पड्काइने पटका, भुइँचम्पाजस्ता विस्फोटक पदार्थ काठमाडौं उपत्यकामा भित्रन नदिन नाकामा सुरक्षा जाँच बढाइएको जनाएको छ ।



 

प्रकाशित : कार्तिक ४, २०७१ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?