कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सर्वाेच्चले यातायात व्यवसायीलाई सोध्यो-कारबाही किन नगर्ने ?

काठमाडौ — न्यायालयको अवहेलना गरेको भन्दै कारबाहीका लागि परेको निवेदनमा सर्वाेच्च अदालतले यातायात व्यवसायीहरूलाई तीन दिनभित्र अदालतमा आफैं हाजिर हुन आदेश दिएको छ । सिन्डिकेट प्रथा चालू राखी सर्वोच्चको फैसला उल्लंघन गरेकाले उनीहरूलाई अवहेलनामा कारबाही गर्न नपर्ने भए कारण पेस गर्न अदालतले तीन दिनको म्याद दिएको छ ।


न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले आइतबार जारी गरेको आदेशमा विपक्षी यायतायात व्यवसायीहरू सूर्यप्रसाद सिलवाल, तुलसी सिटौला, नारायण मलेगो, शरद अधिकारी, दिनेश भण्डारी, विष्णु शिवाकोटी, अर्जुन रानाभाट, कनकमणि दीक्षितलगायतलाई वारेस राख्ने सुविधा नदिई अदालत आउन आदेश दिएको हो ।
गत मंसिर २९ मा उपभोक्ता हित संरक्षण मञ्चले सिन्डिकेट प्रथा कायम गर्नेहरूविरुद्ध छुट्टाछुट्टै मुद्दा दायर गरेका थिए ।
सिन्डिकेटविरुद्धको निवेदनमा अदालतले व्यवसायीहरूलाई लिखित जवाफ पेस गर्न भनिसकेको छ । अवहेलनाको मुद्दामा चाहिँ आइतबार वारेस राख्न नपाइने आदेश भएको हो । दुवै मुद्दको अन्तिम सुनुवाइ माघ ४ बाट हुनेछ ।

प्रकाशित : पुस ७, २०७१ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?